(सागर थापा) ईलाका प्रहरी कार्यालय सुखड कैलालीले माईकिङ गरिरहेको छ । विश्वभरी महामारीका रुपमा कोरोना भाईरस बारे सचेतना फैलाउनका लागि माईकिङ गरिएको हो । कोरोनाका लक्षण र रोकथामका उपायहरु बारे स्थानियहरु लाई सचेतना फैलाउने उदेश्यले माईकिङ गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी निरिक्षक हरिशरण भट्टले जानकारी दिनुभएको छ । नोबेल कोरोना भाइरसको संक्रमण […]
काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण गरिएको छ। चालक दलका सदस्यसहित १८ जना बोकेको जहाजको इन्जिनमा खराबी आएपछि रामेछापमा आकस्मिक अवतरण गर्नुपरेको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिनुभयो। जहाज बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो। समिटको ‘९ एन एएमजी’ कल साइनको विमान आकस्मिक अवतरण गर्नु परेको थियो। यात्रुलाई तारा एयरले […]
महेन्द्र सिंह बाँके वडा प्रहरी कार्यालय नेपालगन्जका सुरक्षाकर्मीहरुलाई कोरोना सम्बन्धि सचेत गराईएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख निरिक्षक हरी बस्नेतका अनुसार वडा प्रहरी कार्यालय मातहतका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै सचेतना कार्यक्रम संचालन गरीएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डाक्टर देबेन्द्र आचार्यले सुरक्षाकर्मीहरुलाई कोरोना भाईरसबाट बच्न अपनाउनुपर्ने उपायका बारेमा प्रशिक्षण दिएका […]
बाँके नेपालगञ्ज उद्योग वाणिज्य संघले अत्यावश्यकीय सेवाबाहेक अन्य पसल तथा व्यवसाय बन्द गर्न अपील गरेको छ । संघको आईतवार बसेको आकस्मिक बैठकले नेपाल सरकारको निर्देशन अनुसार अत्यावश्यकीय बस्तु तथा सेवाको कामबाहेकका सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । अध्यक्ष अब्दुल वाहिद मन्सुरी अध्यक्षतामा बसेको बैठकले सरकारले गरेको निर्देशन अनुसार, उद्योगी, व्यवसायीले अर्को निर्णय नहुँदासम्म […]
कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा विस्फोट हुँदा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो । यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि […]
(अजय मिश्र,) कृष्णनगर, कपिलवस्तु चैत्र ९ कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिकाको सहयोग र प्रेस क्लब आफ कृष्णनगरको आयोजनामा बहादुरगंज चोकमा माक्स वितरण गरियो । बहादुरगंज चोकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सम्बंधि सतर्कता अपनाउन नगर प्रमुख रजत प्रताप शाहले अपिल गरे। साथै शाहले इन्फरारेड फारहेड थर्मामीटर समेत शिवराज अस्पतालका वेद प्रकाश चौधरी लाइ हस्तान्तरण गर्दै […]
काठमाडौं कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ । चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन लाख नागरिक घर फर्किसकेका छन् । सरकारले आजदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द हुने […]
धनुषाको बिदेह नगरपालिका ९ खदनाबाट शनिबार एपीएफ टोलीले करीब ३ लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ । भारतबाट भन्सार छलि पाँच वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामानहरु बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त […]
काठमाडौं ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । सेनाले काठमाडौंको आकाशमा हेलिकप्टरबाट कोरोनाको औषधि छर्किंदैछ भनेर युवतीको आवाजमा रहेको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आकाशबाट औषधि छर्किएर कोरोना भाइरस नियन्त्रण […]
नेपाल पत्रकार महासङ्घले कोभिड-१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ। आज यहाँ बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो। सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्नका […]