जनकपुर सरकारले घोषणा गरेको लकडाउन उलंघन भएपछि सप्तरीका विभिन्न ठाउँमा सेना परिचालन गरिएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीले नसकेपछि सप्तरीमा सहयोगका लागि नेपाली सेनालाई सडकमा उतार्नुपरेको हो। प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा अघिपछिको भन्दा भीड कम भए पनि सर्वसाधारण घरबाट बाहिर आउन […]
(सागर थापा) विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको जनता कर्फ्युको उल्लंघन गर्ने ३ सय ५० सवारीसधानलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार जनता कर्फ्युको पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधनसँगै चालकलाई नियन्त्रणमा लिएको हो। लक-डाउन उल्लंघन गर्ने २ सय ७३ वटा मोटरसाइकल, ३६ वटा ट्रक, सानो गाडी १३ वटा, […]
अजय मिश्र, कृष्णनगर, चैत्र ११ निषेधाज्ञा उलंघन गर्ने सात जना लाई इलाका प्रहरी कार्यालय कृष्णनगर ले नियंत्रण मा लिएको छ ।कृष्णनगर र कृष्णनगर मताहतका क्षेत्र बाट ७ जना लाई नियंत्रण मा लिइएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए ।नियंत्रण मा लिइएका सातै जनाको अनुसंधान भइरहेको जानकारी इलाका प्रहरी […]
काठमाडौं नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण संग जुध्न चाहिने आवश्यक सामाग्री सहित चिनियाँ बिमान आज नेपाल आउने भएको छ । विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री बिमान मार्फत पठाउन लागेको हो । चीनको ग्वान्जाउबाट सहायता सामग्री सहितको विमान काठमाडौं तर्फ आउन लागेको हो। […]
मंगलबार देखि एक साताका लागि आन्तरिक उडान बन्द हुने भएको छ । विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरुप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो। सोमबार राजधानीमा बसेको कोरोना रोकथाप उच्चस्तरीय समितिको बैठकले मंगलबारदेखि आगामी एक साताका लागि हवाई उडान बन्द गर्ने […]
(एबिसी क्राइम ब्युरो) इलाका प्रहरी कार्यालय, काेहलपुरका प्रहरी प्रमुख डिएसपि कुलदिप चन्दले जनता कर्फ्युकाे समयमा अति आवश्यक काम परेर घरबाट बाहिर निस्कनै पर्ने भएमा प्रहरीकाे सहयाेग लिन आग्रह गरेका छन। याे समयमा जनता अाफै सचेत भएर सरकारकाे अपिललाई हुवहु पालन गर्न पनि डि एस पि चन्दले अनुराेध गरे। काेहलपुर प्रहरीले कसैलाई पनि घरबाट बाहिर निस्कन […]
मुलुकको आन्तरिक उडानमा रहेका वायुसेवा प्रदायक कम्पनीको हवाई सेवा सामान्य अवस्थामा रहेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले गएरातिदेखि नौ दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको थियो । अन्तरराष्ट्रिय उडान बन्द रहे पनि आन्तरिक उडान सामान्य अवस्थामा सञ्चालन भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । यसअघि नेपाल नागरिक […]
विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने सम्भावना भएकाले यस अवधिमा डिउटीमा जाने पत्रकारहरु सावधानीपूर्वक कार्यस्थलमा जान नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले सम्पूर्ण नेपाली पत्रकारहरुमा अनुरोध गर्नु भएको छ । आफू सुरक्षीत भएर मात्र अरुलाई सुरक्षीत राख्न अनि सहि सुचना दिन सकिने भएकाले सर्वप्रथम आफू सचेत रहनु सम्पूर्ण पत्रकारहरुमा पोख्रेलले अनुरोध […]
कोरोना रोक्न भाइरस संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ। सरकारले सोमबारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो । चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरि बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला […]
विप्लव नेतृत्वको नेकपाले सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जनाएको छ। नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन पनि गरेका छन्। महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना भाइरसले विश्वमानव समुदायलाई ठूलो क्षति पुर्याएको छ। हालसम्म नेपाली जनतालाई […]