सागर थापा नेपाल प्रहरीले सवारीसाधनका चालकलाई गर्ने मदिरा पदार्थ सेवनको चेकिङ कोराना भाइरसको कारण अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ । प्रहरीले पहिलाजस्तो मेसिन लगाएर मापसे चेकिङ गर्ने छैन । यद्यपी प्रहरीको आफ्नो चेकिङका लागि भने बस्ने छ । चालकहरु अत्याधिक मदिरा सेवन गरेर आएको पाइएमा अस्पतालमा लगेर चेकिङ हुने छ । कोरोना भाइरस फैलन […]
कपिल लामिछाने बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसका कारण बिश्व आक्रान्त बनिरहेको यो परिपेक्षमा नेपालमा कोरोना भाइरस रोकथामका लागी संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारहरुले सम्पुर्ण जनताहरुमा नआत्तिन र यो रोग लाग्न नदिनका लागी बिभिन्न उपायहरु अबलम्बन गर्दै सबै नागरिकहरुलाई सचेत बनाउन बिभिन्न किसिमका अभियानहरु सञ्चालन गर्दै आइरहेका छन् । यसै […]
कपिल लामिछाने दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेकाे कात्तिके सामुदायिक रानीवनबाट करिव १३१ क्यु फिट सालका काठ बरामद गरिएकाे छ । आज बिहान करिव ६ बजेतिर स्थानियले काठ लैजादै गरेकाे ट्याक्टर हिलाेमा गाडिएकाे देखेपछि वन समितिलाई जानकारी गराएका थिए । खबर पाए सँगै लगत्तै पुगकाे समितिका पदाधिकारीहरुले सव-डिभिजन कार्यालय बिजाैरीलाई खबर गरेकाे थियाे […]
प्रहरीले नवलपुरको हुप्सेकोट गाउँपालिकामा ठूलो परिणामको हतियार सहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हतियारसहित ६३ बर्षिय ताराबहादुर विकलाई पक्राउ गरेको जानकारी दिएको हो । दुई थान भरुवा बन्दुक, एक थान पेस्तोल एयर गन लगायतका हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
काठमाडौं नोबेल कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोेगिन सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्रीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने बताएसँगै अब विभिन्न १७ अत्यावश्यक कार्यालय मात्रै खुल्ने छन । १. डाँक, तार वा टेलिफोन सेवा २. जल, स्थल वा […]
भद्रपुर कतै नेपाली सेना, कतै सशस्त्र प्रहरी हुँ भनेर पश्चिम दैलेखदेखि पूर्वको इलामसम्मका व्यवसायीको लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ बस्ने ४६ वर्षीय प्रदीप भन्ने राजकुमार राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। राउतलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बिहीबार काँकडभिट्टाबाट पक्राउ गरेपछि प्रहरीले […]
(अजय मिश्रा) कपिलवस्तु चैत्र ७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघको लाइब्रेरी कोरोना भाइरस सम्बंधि मुस्लिम समुदायको धर्मगुरुहरु लाई समाजमा सावधानी अपनाउन प्रयास गर्ने संदेश दिइयो। नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारुकी ले सबै मुस्लिम समुदायलाई भिडभाड ठांउमा नजान,सबै मिलेर सरकारको हरेक निर्णय लाई मानेर सावधानी अपनाउन आग्रह […]
काठमाडौँ कतारले १ सय ५० जना नेपाली कामदारलाई नेपाल पठाएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले भिडभाडमा नजान दिएको निर्देशन पालना नगरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो । पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको हो । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ […]
पछिल्लो समयमा विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड १९ को त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन […]
दाङको तुलसीपुरमा नेपाल प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा दाङको तुलसीपुरमा एक जना पत्रकार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीका अनुसार पत्रकार आचार्यलाई मापसे गरेर प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । उनले प्रहरीसंग विवाद गरेका कारण पत्रकार भनिने आचार्यलाई एक दिन थुनेर कारवाही गरिएको जानकारी दिए […]