सिराहामा राहतको विषयमा झडप, प्रहरीद्वारा ९ राउन्ड हवाई फायर काठमाडौं । राहत वितरणका क्रममा सिराहाको मिर्चैयामा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । स्थानीय र प्रहरीबीच विवाद भएपछि ९ राउन्ड हवाई फायर गरिएको हो । झडपमा ५ प्रहरी र केही स्थानीय सामान्य घाइते भएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी […]
सागर थापा दाङ चेम्वर अफ कमर्शले अत्यावश्यकीय उत्पादनमुलक उद्योगहरु सञ्चालन गर्ने बातावरण मिलाउन सरकारसँग माग गरेको छ । चेम्वर अफ कमर्श दाङले जिल्ला प्रशासन कार्यालयमार्फत आइतवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउदै लकडाउनका कारण उद्योगहरु बन्द रहदा ठूलो क्षेती भएको भन्दै अत्यावश्यकीय उत्पादनमुलक उद्योगहरु सञ्चालन गर्न माग गरेको हो । चेम्वरले कृषि उत्पादन र कृषिमा आधारित अन्य उत्पादनलाई […]
महेन्द्र सिंह बाँके बैशाख २२ नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र (कर्फ्यु) घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ । बैठकले सब्जीमण्डीलाई अर्को निर्णय […]
सागर थापा दाङ बैशाख २२ जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार देखि तीब्र कडाइ १. पूर्व पश्चिम राजमार्गको जिल्ला प्रवेश विन्दु धानखोला र शिवखोलामा अन्य जिल्लाबाट प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँचमा कडाई गर्ने । २. अत्यावश्यक सेवाका सवारी साधन समेतले इजाजत वेगर मानिस ओसार पसार गर्न सक्ने सम्भावना भएकाले सबै सवारी साधनहरुको अनिवार्य रुपमा परिक्षण गरेर […]
(महेन्द्र सिंह) बाँके प्रहरीले नेपाल सरकार स्वास्थ्य मन्त्रालयकाे सुचना नै आधिकारिक सुचना भएकाले काेराेना भाइरसका बारेमा भ्रामक र गलत सुचना प्रकाशन, प्रशारण, पाेष्ट, शेयर, लाइक, कमेन्ट नगरिदिनुहुन अनुराेध गरेकाे छ । बाँके प्रहरीले सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पर्ने गरि जात, धर्म, वर्ण, लिङ्ग वा पेशागत आधारमा कसैलाइ लक्षित गरी समाचार प्रकाशन, प्रशारण […]
एबिसी संचार नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले अहिले कोरोनाको कारण संकटको अवस्था सिर्जना भएको भन्दै यस्तो बेलामा कुनै पनि सन्चारकर्मीलाई हटाउन र तलब दिन ढिलाई नगर्न सन्चारगृहहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको नेपालमा प्रेस स्वतन्त्रता र चुनौती विषयक डिजिटल छलफलमा भाग लिँदै उपाध्यक्ष पोख्रेलले पत्रकार महासंघले सन्चारगृहहरुलाई सन्चारकमीहरुलाई […]
सागर थापा) जिल्ला प्रहरी कार्यालय दाङमा पप्रहरी प्रमुखमा एसपी गणेश चन्द आउदै प्रदेश ५ बुटवलको ट्राफिक प्रहरी प्रमुख एसपी समेत भइसक्नु भएका चन्द दाङको नयाँ प्रहरी प्रमुख भएर आउन लाग्नु भएको हो । दाङका प्रहरि प्रमुख एसपी जनक भट्टराईको एसएसपिमा बढुवा भएर प्रहरि प्रधान कार्यालयको तालिम केन्द्रमा पदस्थापन भएपछि भट्टराईको ठाउमा प्रहरि प्रमुखको रुपमा चन्द […]
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोना भाइरसविरुद्ध जारी सघर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन्। महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड(१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन्। उनले लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुन: सल्किने बताए। विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले […]
काठमाडौं सरकारले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै सो निर्णय गरेको हो । अश्वाभाविक रुपमा आवागमन हुन नदिनका लागि सबै सरोकारवाला निकायले प्रभावका रुपमा काम गर्ने गरी अघि बढ्नु पर्ने निर्णय […]
नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो। प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा नेपालगञ्जमा ९ जनामा कोरोना […]