दाङको सगरमाथा सिमेन्टमा काम गर्ने मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। काम गरेको पैसा पाउनु पर्ने माग गर्दै करिब २ सय मजदुर आन्दोलनमा उत्रिएको प्रहरीले जनाएको छ। तलबको माग गर्दै सगरमाथा सिमेन्टका मजदुर आन्दोलित जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बुधबार विहानै देखि मजदुर आन्दोलनमा उत्रिएको भएपनि बढी होहल्ला गर्न थालेको खबर आएपछि प्रहरी […]
(एबिसी क्राईम ब्युरो) डिभिजन बन कार्यालय दाङले संरक्षण सूचीमा सुचिकृत लोपोन्मुख जंगली जनावर हुडारको जीवितै उद्दार गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनामा टाउकोमा चोटपटक लागि घाईते अवस्थामा जंगली जनावर देखिएको भन्ने स्थानियहरुले दिएको सूचनाका आधारमा डिभिजन वन कार्यालय, घोराही तुलसीपुर सव डिभिजन वन कार्यालय, दोघरेबाट गएको संयुक्त गस्ती टोली घटना हुडारको […]
(एबिसी संचार) दाङ वेलझुण्डी निवासि प्रेम खड्का विहान धारामा पानि भर्न निक्लीनु भयो । पानि भर्न लाग्दा गाग्रीमा फोहरै फोहरको धमिलो पानि देख्नु भयो । त्यो पानि खान योग्य नभएपछि अहिले खानेपानिको समस्या हुँदै आएको खड्काले गुनासो गर्छन् । धमिलो पानि आउने पटक–पटक समस्यामा पनि वेलझुण्डीस्थित खानेपानि संस्थाले गम्भिररुपमा चासो दिएको छैन् । खड्का मात्रै […]
(सागर थापा) जिल्ला प्रहरी कार्यालय दाङले लकडाउन उल्लघंन गर्नेहरु बढ्न थालेपछि प्रहरीले कडाई गरेको छ । कोरोना संक्रमणबाट बच्न घर मै बस्न सरकारले आग्रह गर्दै लकडाउन जारी गरे पनि नागरिकहरु घर बाहिर निस्कीएपछि प्रहरीले सडकमै उभ्याउने र प्रशिक्षण दिने गरेको छ । भिडभाडमा जादाँ कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन घोषणा गरेको ४५ औ […]
(सागर थापा/बिदुर एमसी) जिल्ला प्रशासन कार्यालय दाङ बाट जारी गरेको लक डाउन उलंघन गर्ने सवारी साधनहरुलाई लमही ट्राफिक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । नेपाल सरकारले स्थानीय प्रशासन मार्फत जारी गरेको लक डाउन उलंघन गर्ने सवारीसाधनहरुलाई लमही ट्राफिकले आफ्नो नियन्त्रणमा लिएको हो । दाङ्ग जिल्लाको देउखुरी उपत्यकामा पर्ने प्रमुख व्यापारिक केन्द्र मानिने लमही बजारको इलाका […]
काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पार्नुभएको छ […]
काठमाडौं सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिपद् बैठकले सीमा र हवाई क्षेत्रबाट जोखिम कायमै रहेको भन्दै जेठ १८ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो। सरकारले यसअघिको बैैठकबाट जेठ २ गते सम्मका लागि हवाई उडान र सीमा बन्द गर्ने निर्णय गरेको थियो। बैठकले […]
काठमाण्डौं सरकारले जेठ ५ गते सम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले देशभर जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको सुझाव अनुसार विगत ४४ दिन देखि हिँडडुल र सवारी आवतजावतमा लगाइएको प्रतिबन्ध १० दिन थप गरिएको हो। भारतमा लगातार सङ्क्रमणका […]
काठमाडाैं देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र विभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको पाइएको […]
सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका-३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको हो। मङ्गलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। यस्तै चट्याङ लागेर […]