जनकपुरमा सडकमा पैसा फालेर कोरोना फैलाउने त्रास फैलाएको आरोपमा दुई महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउसो प्रहरीले जनकपुरको धाम उपमहानगरपालिका ७ जानकी नगरबाट ती महिलालाई पक्राउ गरेको हो। उनीहरुसँग प्रहरीले अहिले सोधुपछ गरिरहेको छ। केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ। जनकपुरधाम उपमहानगरपालिका ६ को महावीर चोकको बाटोमा ती दुई महिलाले शुक्रबार […]
(सागर थापा) बाँके जिल्लाको पूर्वमा पर्ने राप्ती सोनारी गाउँपालिकाकि उपाध्यक्ष धनमाया खत्रीको पहलमा काठमाडौंबाट पैदल हिडेर आएका यात्रुहरुलाई उद्दार गरिएको छ । विद्यमान लक डाउनलाई लक्ष गरेर स्थानीय सरकारहरुले वितरण गरेको राहतका कार्यक्रमहरु निकै विवादास्पद बनिरहेको वर्तमान सन्दर्भमा आफ्नो गाउँपालिकामा सम्पूर्ण जनप्रतिनिधिहरुको रोहवरमा राहत वितरण गरिएकोमा त्यस्तो कुनै अनियमितता नभएको पनि उपाध्यक्ष खत्रीको दाबी रहेकोे […]
काठमाडौं वैशाख ५ सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको छ। न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको हो।सर्वोच्चले विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट […]
(सागर थापा) बाके जिल्ला अन्तरगत इलाका प्रहरी कार्यालय काेहलपुरले जारी लकडाउनलाई अझै सशक्त बनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको प्रभावबाट आम नागरिकहरुलाई सुरक्षा गर्नका लागि सो कदम चालिएको हो । साथै राजमार्गमा सवारीसाधनहरुकाे अावागमनलाई पनि अब कडाइसाथ जाँच गर्ने ब्यवस्थापन गरिएको छ । जिल्लाका ४ स्थान कुसुम बजार, मानखाेला नजिकैको सम्झना […]
एबिसी संचार बाँकेको नेपाल भारत सिमानाकास्थित दशगजा क्षेत्रमा रहेका नेपालीहरु आन्दोलित भएका छन । १५ दिने क्वारेन्टिन बसाई पश्चात घर जाने आशमा रहेका उनिहरु बिहिबार आन्दोलनमा उत्रिएका हुन । पूर्व घोषणा अनुसार आफुहरु घर जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका उनिहरुले तिन वटा बसमा तोडफोड गरेका छन । रिपोर्ट नेगेटिभ आएपछि मेयर राणासहितका सरोकारवालाले क्वारेन्टिन छोडी […]
एबिसी संचार दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल जम्मा गर्नुभएको छ । बिहीवार महराका स्वकीय सचिव प्रमोद शर्माले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल बुझाउनु भएको हो । कोरोना भाइरस (कोभिड– १९)ले विश्वलाई नै आक्रान्त बनाएको बेला नेपाल पनि अछुतो छैन । मुलुक यतिबेला लकडाउनमा रहेको र […]
(महेन्द्र सिंह) बैशाख ४ दाङ घोराहीमा रहेको सृजना फार्मेसीले एबिसी संचार खवर24नेपालमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको एबिसी संचारका चिफ एडिटर सागर थापालाई सृजना फार्मेसीका सञ्चालक सूर्य न्यौपानेले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको हो । लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर सूचनाहरु प्रवाह गर्दा निकै जोखिम हुनेहुँदा […]
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गगा पन्तले नेपाल प्रहरी संगठनले आफ्नो कार्य सम्पादनको दौरान कुनै जात धर्म लिङ्ग वा क्षेत्र विशेषको आधारमा काखा पाखा गर्दैन । नेपाल प्रहरीका सदस्यहरुले जुनसुकै युनिटमा रहँदा पनि गर्ने काम भनेको सत्य , सेवा सुरक्षणमको मूल नाराको स्मरण, देश र जनताको जिउ धनको रक्षा अनि समाजलाइ शान्त र […]
बाहिरबाट कर्णाली प्रदेशमा दूध, तरकारी फलफूल र पशुपंक्षीजन्य वस्तु आयातमा पूर्ण रोक लगाइएको छ। कर्णाली प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टर (पीसीएमसी) को मंगलबार बसेको बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि दूध र दुग्धजन्य पदार्थ, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य उत्पादन भित्र्याउन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कोरोनाभाइरसको रोकथाम […]
(एबिसी क्राईम ब्युरो) संघीय सरकारले नेपाल प्रहरीका उच्च पद कटौती गरिरहेका वेला प्रदेश सरकारले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाउन माग गरेका छन् । प्रदेश प्रहरी प्रमुखमा नायब महानिरीक्षक (डिआइजी) खटाउने संघीय सरकारको निर्णयमा प्रदेश सरकारले विरोध गरेका छन् । प्रहरी समायोजनसम्बन्धी छलफलका क्रममा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले एआइजी खटाउनुपर्ने […]