सागर थापा दाङ राप्ती गाउँपालिका १ र ४ का तीन जनामा कोरोना सक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सक्रमिंत राप्ती गाउँपालिका १ का ३० वर्षीय पुरुष र ३२ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । साथै सोही गाउँपालिका वडा नं. ४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
महेन्द्र सिंह बाँके जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार, डुडुवा गाउँपालिका वडा नं. ४ का रमजानअलि बागवानलाई तीन किलो पाँच सय ग्राम चरेशसहित पक्राउ गरिएको छ । प्रहरीले विशेष सुराकिका आधारमा बागवानलाई समातेको हो । प्रवक्ता खड्काले बागवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउनुभयो । पहाडी जिल्लामा उत्पादन हुने चरेश नेपालगञ्ज हुँदै भारत लैजाने गरिन्छ […]
महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हाल्न आइपुगेका एसपी ओमबहादुर रानाको नेतृत्वमा भएको प्रगति लोभलाग्दो छ । उनी बाँके आइपुगेको दुई महिना तीन दिन भयो । तर प्रगतिको फड्कोले सबैलाई आश्चर्य पारिदिएको छ । मोष्ट वाण्टेड पक्राउदेखि तस्करी र आपराधिक गतिविधि नियन्त्रणसम्मका दर्जनौं उपलव्धीले यतिबेला चर्चाको शिखरमा बाँके प्रहरी पुगेको छ । भन्सार चोरी […]
एबिसी संचार दाङमा ५ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो समय स्वाब संकलन कम हुँदा मात्रै नयाँ संक्रमितको संख्या न्यून देखिएको छ । संक्रमणको जोखिम भने कायमै छ । लकडाउन खुलेपछि मानिसहरुको आवातजावात हुँदा संक्रमणको जोखिम झनै बढेको छ । लकडाउन खुलेपछि परिक्षण पनि कम भएको र संक्रमित पनि कम देखिएको छ । […]
महेन्द्र सिंह बाँके कोहलपुर समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुर नगरपालिकाले बन्दाबन्दिलाई ५ दिन थप गर्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले भाद्र १० गतेसम्म बन्दाबन्दि थप गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले बताए । बिहीवार नगर प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा समूदाय स्तरमा कोरोना संक्रमण […]
एबिसी संचार काठमाडौं नेपाल प्रहरीको ४९ जना उपरीक्षक ९एसपी०को सरुवा भएको छ । नेपाल प्रहरीको आज भएको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीले नेतृत्व सम्हालेपछि यो पहिलो सरुवा हो । २०७७ साल भाद्र महिनाको तलब खाने गरी सरुवा गरिएको पत्रमा उल्लेख छ ।
महेन्द्र सिंह बाँके नेपालगञ्ज १८ का बराती बढईलाई अपहरण गरी उनको नाममा रहेको जग्गा खाने नियतले फर्जी कागज बनाई अपहरण गरी शरीर बन्धक, अपराधिक लाभ लिन खोज्ने डुडुवा–३ का बब्बु खाँ पठान भन्ने मुस्लिम खाँलाई प्रहरीले पक्राउ गरेको हो । यसैबीच, नेपालगञ्ज–१२ का राकेश थापाको घरबाट सुनचाँदीका गहना र नगद चोरी गरेर फरार रहेका पंकजकुमार […]
एबिसी संचार काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी र विक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकाय लगायत अत्यावश्यक बाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मंगलबार गरेको हो । निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तुरसेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन […]
सागर थापा दाङमा सोमबार बेलुका ५ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँ बस्ने मनोज चौधरीको १५ महिनाकी छोरीको मृत्यु भएको प्रहरीले बताएको छ । आफ्नै घरको आगनमा खेल्ने क्रममा घर नजिकैको कुलोमा डुवेको बालिकाको उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश […]
महेन्द्र सिंह बाँकेको नेपालगन्जस्थित नेपाल-भारत सिमा जमुनाह नाका भएर नेपाल भित्रीने भारतीय माछा, दूध र हरियो तरकारीमा रोक लगाइएको छ । सोमबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले भारतबाट जमुनाह नाकाबाट नेपाल भित्रीने माछा, दूध र हरियो तरकारी आयातमा रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार […]