२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

समाचार

दिनभर कबाड संकलन रातभर लुटपाट सिसि टिभीको फुटेजले समातिए चोरहरु

काठमाडौं माघ २१ गते राति ३ बजे ललितपुरको श्रीबहालस्थित एक सुनचाँदी पसलमा एक करोड बढीको गरगहना चोरी भयो । पसल फोडेर चोरी गरेको घटना राति कसैले चाल पाएनन् । बिहान सञ्चालक जब पसलमा पुगे, उनले ताला फोडेर ‘सेफ’ लुटिएको देखे । ‘सेफ’ मै थियो, पसलको ९३ तोला सुन, २६५ तोला चाँदीलगायत एक करोड बढीको धातु […]

सागर थापा काठमाडौं फाल्गुण ३ करिब दुई वर्षको गृहकार्यपछि गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदालाई अन्तिम रूप दिएको छ । सबै पक्षसँग राय लिएर मस्यौदालाई गृहले मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालय र लोक सेवा आयोगसँग राय लिएपछि गृह मन्त्रालयले मस्यौदालाई अन्तिम रूप दिन कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पठाएको […]

(महेन्द्र सिंह) बाँके फागुन २ गते नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा अर्जुन वली विजयी हुनुभएको छ । शुक्रबार राती भएको मतदानमा वलीले चेतकान्त भट्टराई र नवीन गिरीलाई पछि पार्नुभएको हो । केन्द्रिय प्रतिनिधि माधव धितालका अनुसार वलीले ७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभयो भने भट्टराई ४० मत र गिरीले ३८ मत प्राप्त गर्नुभयो । […]

जवरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । उनलाई जिल्ला सरकारी वकील कार्यालय सुनसरीले हाजिरी जमानीमा शुक्रबार साँझ रिहा गरेको हो । राणाको बिरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनिमाथि मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको छ । सरकारी वकील कार्यालय सुनसरीका मुख्य न्याधिवक्ता गोकुल बहादुर निरौलाले राणा […]

भक्तपुर फागुन २ चाँगुनारायण नगरपालिका-६, नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा शुक्रबार प्रहरी र स्थानीवासीबीच झडप भएको छ । चीनको वुहानबाट उद्धार गरेर ल्याउन लागिएका नेपालीलाई खानेपानी कार्यालयमा निर्माण भएको क्वारेण्टाइनमा राख्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । कार्यालय अगाडि सडक बन्द गराएर अवरोध गरी टायर बालेर विरोध गरेपछि झडप भएको वडा नं. […]

काठमाडौं फागुन २ नेपाल विद्युत प्रधिकरण विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक इन्जिनियर शेरबहादुर सुनार घुससहित पक्राउ परेका छन् । कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सुनार शुक्रबार पक्राउ परेका हुन् ।

२ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जंगलमा शुक्रबार दिउँसो एक पुरुषको बेवारिसे शव फेला परेको छ । अन्दाजी ३५÷४० वर्षीय पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनका अनुसार कान र मुखमा किरा परेको अवस्थामा भेटिएको शव सडेको छ । आक्रमण गरेर र कुटपिट गरेको कुनै चोटपटक भने शरीरमा नभेटिएको […]

सागर थापा काठमाण्डौ फागुन २ महानगरीय प्रहरी प्रभाग नागढुङगाले अबैध लागुऔषध पोल्याण्ड सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहिबार चन्द्रागिरी नगरपालिका-२ नागढुङगामा धादिङबाट काठमाण्डौ आउदै गरेको बा.५ ख.६२५१ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई पक्राउ गरेको छ । मगरको साथबाट प्रहरीले लागुऔषध पोल्याण्ड २ किलो बरामद गरेको छ […]

(सागर थापा /महेन्द्र सिंह) बाँके फागुन २ ईलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेका छ। कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर ३ बाट एक ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित उनीहरुलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो । ब्राउनसुगरसहित पक्राउ पर्नेमा कोहलपुर १५ का १९ वर्षिय निरज थारु, आकाश थारु र सोही ठाउँका २१ वर्षिय […]

(सागर थापा) कैलाली फागुन २ घोडाघोडी नगरपालिका वडा नम्बर १ घोडाघोडी स्थित बिराट सनातन धर्म सस्कृत मा.बि.को प्राङगणमा ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बाल बिवाह,छाउपडी,दुर्घना न्युनिकरण सम्बन्धि रोड क्रशका बारेमा अन्तरक्रिया कार्यक्रम गर्नुका साथ प्रहरी लाई सुचना दिन सहज होस् भन्ने उदेश्यले तालुक जिल्ला […]

error: Content is protected !!