२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

समाचार

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

सागर थापा सर्लाही जिल्लाको ब्रहम्पुरी गाँउपालिका १ बाट फागुन ९ गते एपीएफ टोलीले करीब दुई लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा […]

सागर थापा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ डगरीबाट कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा मार्सल जीप फागुन १० गते एपीएफ टोलीले बरामद गरेको छ । यू पी ५५ ए ८९१८ नम्बरको भारतीय मार्सल जीपलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त जीपको कागजपत्र नभएपछि बरामद गरिएको हो । […]

(सागर थापा) बारा जिल्लाको सुवर्ण गाँउपालिका ३ सन्तगञ्जबाट फागुन ९ गते कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा गाडी एपीएफ टोलीले बरामद गरेको छ । बी आर ०१ पी डी ६२०७ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त गाडीको कागजपत्र नभएपछि बरामद गरिएको हो । […]

(सागर थापा) वडा प्रहरी कार्यालय कपिलवस्तु चन्द्रौटामा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपेश खरेलले कपिलवस्तु चन्द्रौटालाई शान्ति क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । समाजमा रहेका गन्दगीलाई तत्काल नियन्त्रण गर्ने कपिलवस्तु चन्द्रौटालाई सुरक्षित बनाउने र कानुन भन्दा माथि कोहि छैन गल्ति गर्ने जो कोहिलाई पनि नछोड्ने बताउनुभएको छ । वडा प्रहरी कार्यालय […]

फाल्गुन १०, काठमान्डौ । गोकुल बास्कोटाले राजीनामा दिएसँगै खाली भएको सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्री बन्न सत्तारुढ नेकपामा दौडधुप सुरु भएको छ । बास्कोटाले राजीनामा दिएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हेर्ने जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडाले पाएका छन् । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि रिक्त सहरी विकासमन्त्रीको जिम्मेवारी बास्कोटाले सम्हाल्दै […]

काठमाडौं फागुन १० नेपालगन्ज जाने तयारीमा रहेको श्रीएअरको जहाजबाट हतार हतार यात्रुहरुलाई आपतकालीन तरिकाले ओरालिएको छ। काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उड्नबाट रोकिएको छ । शनिबार बिहान साढे आठ बजे सो हवाई जहाज नेपालगञ्ज उड्ने तयारीमा थियो । तर, एयर होस्टेसहरुले हवाई जहाजमा बसिसकेका यात्रुहरुलाई […]

नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेल र राप्ती ब्युरो सदस्य तथा तत्कालीन दाङ जिल्ला सेक्रेटरी प्रदिप वली रिहाइ हुनु भएको छ । कपिलवस्तुकाे ताैलिहवा हिरासतमा रहनुभएका उहाँहरु दुवै जनालाई सर्वाेच्च अदालतले रिहाइ गर्न अादेश जारी गरेपछि बिहीबार साँझ रिहाइ हुनु भएको हो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द ‘विरजंग’ […]

सागर थापा काठमाडौं फागुन ९ सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी लागि संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी प्रविणकुमार श्रेष्ठलाई प्रबक्ताको जिम्मेवारी दिएको हो । सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजी श्रेष्ठलाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।

सागर थापा काठमाडौं फागुन ८ नेपाल प्रहरीको २७ औं आईजीपीमा नियुक्त हुनुभएका ठाकुर ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा बधाइ दिनुभएको छ । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएकोमा प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुले प्रहरी प्रधान कार्यालयमा भेटघाट गरी शुभकामना […]

सागर थापा/महेन्द्र सिंह बाँके फागुन ८ कोहलपुर १२ किलो चरेशसहित एकजना पक्राउ परेका छन् । पाँच नंम्बर प्रदेश प्रहरी अनुसन्धान व्यूरोको प्रहरीले बाँकेको कोहलपुर नगरपालिका १२ चपर गौडीबाट एक युवकलाई १२ किलो चरेशसहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । प्रदेश प्रहरी अनुसन्धान व्यूरोका प्रमुख प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटेको प्रहरी टोलीले कोहलपुर १२ […]

error: Content is protected !!