२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

समाचार

साउदीका राजकुमार खालिद बिन तलाल अल साउदको निधन,

काठमाडौं । दुई दशकसम्म कोमामा रहेका ‘स्लिपिङ प्रिन्स’ नामले परिचित साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परी गम्भीर घाइते हुँदा मस्तिष्कमा चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो । […]

काठमाडौं । बढुवा समितिका अध्यक्ष सचिव गोकर्णमणि दुवाडी र सदस्यसचिव एआइजी दानबहादुर कार्की सोमबारदेखि भारत भ्रमणमा जाने भएकाले सकेसम्म आज नत्र सोमबार बिहान निकाल्ने तयारी भइरहेको छ। ७ साउनभित्र बढुवा सिफारिस गरिसक्नुपर्ने कानूनी बाध्यता छ। बढुवाका ११ पदमा ३३ एसपीबिच प्रतिस्पर्धा छ। प्रहरीको एमटीतर्फ रिक्त रहेको एसएसपी पदलाई पनि स्थानान्तरण गरेर बढुवा निकाल्ने सम्भावना छ। […]

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालयमा पुगे काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि ओली च्यासल पुगेका हुन् । उनीहरुबीच ४ बजेदेखि वान टु वान वार्ता रहेको छ । त्यस्तै, केहीबेर अघि पूर्वराष्ट्रपति भण्डारी पनि पुगिसकेकी छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको केन्द्रिय कार्यालय मुख्यालयमा भेटघाटमा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भने आउन बाँकी छ । दुईजनाबीच ३ बजे भेट तय भएकोमा प्रधानमन्त्रीको व्यस्तताले एक घण्टा सरेको छ । अहिले उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानीमा छिन् । भण्डारीको सदस्यताको विषय उठिरहँदा दुईजनाबीच हुन लागेको भेटलाई चासोका […]

काठमाडौं । न्यूयोर्क संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् । संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय ९ओसीएचए० ले सार्वजनिक गरेको प्रतिवेदनमा […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता […]

  काठमाडौं । भारत अभिनेता केही महिनादेखि मिर्गौलाको समस्याबाट पीडित थिए। फिश वेंकट ‘गब्बर सिंह’ र ‘डीजे टिल्लु’ जस्ता चलचित्रका लागि परिचित छन्। फिश वेंकट केही महिनादेखि मिर्गौलाको उपचार गराइरहेका थिए। उनको डायलाइसिस भइरहेको थियो। अभिनेतालाई मिर्गौला प्रत्यारोपण आवश्यक थियो। यस्तै फिश वेंकट आर्थिक संकटको सामना गरिरहेका थिए। उनलाई पवन कल्याण र विश्वक सेनले उपचारका […]

काठमाडौं । रक्सीको यति लतमा परेका छन् कि उनीहरुले त्यसलाई छोड्ने सोच पनि सक्दैनन्, कम पिउने कुरा त छोड्नु होस्। रक्सी छोड्ने कसम पनि खान्छन कोही, तर उनीहरुले आफ्नो प्रतिबद्धता पूरा गर्न सकेका छैनन् । यस्तो अवस्थामा प्रश्न उठ्छ कि कसैले ३० दिनसम्म रक्सी नछोए के हुन्छ त ? उसको शरीरमा के के फरक पर्ला […]

काठमाडौं । २०८१ साउन ९ गते सी–चेकका लागि काठमाडौंबाट पोखराका लागि उडेलगत्तै दुर्घटना भएको सौर्य एयरलायन्सको विमान दुर्घटनाको मुख्य कारण जहाजको प्राविधिक समस्या नभई पाइलटकै त्रुटि भएको प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटनाको अनुसन्धान गर्न सरकारले गठन गरेको जाँच आयोगले शुक्रबार सार्वजनिक गरेको अन्तिम प्रतिवेदनले टेकअफका क्रममा पाइलटले जहाजको अगाडिको भाग अत्यधिक माथि उचालेका कारण […]

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकलाई एपको पहुँच तत्काल रोक्न निर्देशन दिएको हो। ‘‘अनलाइन फ्रडको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने र बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन गरिएको प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ।