२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

समाचार

सरकारले बकर ईदको अवसरमा बिहीबार १४ गते सार्वजनिक बिदा दिने घोषणा

(ABC-Sanchar) काठमाडौँ । नेपाल सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन्।

(ABC-Sanchar) बाँके । चर्को गर्मीको समयमा विद्युत् अनियमित हुँदा सुदूरपश्चिमको तराई क्षेत्रका सर्वसाधारण मारमा परेका छन् । बारम्बार विद्युत् अनियमित हुने, पावर नपुग्नेजस्तो देखिने तथा दैनिक १०–१२ पटकसम्म विद्युत् जाने गरेको धनगढी उपमहानगरपालिका–१ का आशिष बिकले बताए।‘बारम्बार विद्युत् जान्छ, कतिवेला पावर नपुगेर पंंखा चल्दैन,’ उनले भने, ‘गर्मीमा बस्नै समस्या छ ।’ उद्योग, कलकारखानामा पनि यसको प्रभाव परेको […]

(ABC-Sanchar) काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी आज (बुधबार) पशुपतिको शिवलिङ्गमा पुनर्स्थापित गरिने भएको छ । आइतबार अख्तियारसहितको टोलीले नापजाँचका लागि निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको हाे। काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले आफूहरू अहिले पशुपति परिसर रहेको र अपराह्न ४ बजेपछि जलहरी पुनर्स्थापित गर्ने तयारी भइरहेको बताए। […]

  दाङ / सुमधुर स्वरकी धनि गायिका रिता केसीको स्वरमा ‘एउटै छ तन’ बोलको गीत सार्वजनिक भएको छ । नृपध्वज खड्काको शब्द रहेको उक्त गीतमा राम धिमालको सङ्गीत रहेको छ । यस्तै मनोहर सुनामले सङ्गीत संयोजन गरेको गीतमा भोला पौडेलले मिक्सिङ तथा माष्टरिङ गरेका हुन् ।https://www.youtube.com/watch?v=Co6aw4kEMhE यो गीत नृपध्वज खड्काको पल्लवी–४ एल्बमा समावेश भएको गीत […]

(ABC-Sanchar) काठमाडौं । ‘स्काइ-वाक’ गर्न पाइने भएको छ। ‘वन्डर्स नेपाल’ कम्पनीले काठमाडौंको कमलादीमा यही असार १५ (शुक्रबार) देखि स्काइ-वाक टावर सञ्चालनमा ल्याउँदैछ। पर्यटकका लागि नयाँ स्वाद दिने उद्देश्यले यो टावर बनाइएको कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए। ‘सिसामा उभिँदा आकाशमै उभिए जस्तो महसुस हुन्छ। यो एकदमै रोमाञ्चक एड्भेन्चर हुनेछ,’ इञ्जिनियर समेत रहेका पोखरेलले भने, ‘स्काइ-वाकको अनुभव […]

  (ABC-Sanchar) काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माले ४३ वटा कम्पनीमा लगानी गरेको पाइएको छ। उनले शिवशिखरको १० अर्ब ७७ करोड र तुलसी सहकारीको १ अर्ब २४ करोड रुपैयाँ निक्षेपलाई अपचलन गरेको पाइएको हो। भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका […]

  ABC (क्राईमबिट) कञ्चनपुर । विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधी पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले हिजो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। दोधारा चाँदनी नगरपालिकामा अवैधरुपमा औषधी पसल सञ्चालन गर्ने नौ तथा भीमदत्त नगरपालिका–९ ब्रहमदेव र भीमदत्त–१३ साझा चौराहमा सञ्चालन गर्दै आएका दुई […]

(ABC-Sanchar) काठमाडौं । रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भने, ‘हामीले रुसी सङ्घले मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश […]

  ABC (क्राईमबिट) काठमाडौं । ५० लाख रुपैयाँ दाइजो माग्दै बेहुली पक्षलाई धम्काएको आरोपमा काठमाडौंको नक्सालबाट प्रहरीले मंगलबार बेहुलालाई पक्राउ गरेको छ । सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडैंको ताहाचल बस्ने ३२ वर्षिय अनुराग रौनियारलाई काठमाडौं प्रहरीले नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसबाट पक्राउ गरेको हो ।   बिवाह हुँदै गर्दा बेहुला […]

(ABC-Sanchar) पर्सा । वीरगञ्ज पूर्व मन्त्री एवम् सङ्घीय सांसद किसान श्रेष्ठको पहलमा पूर्वपश्चिम राजमार्गको वीरगञ्जबाट पथलैयासम्मका लागि विद्युतीय बस सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी भेष बहादुर थापाले सुन्दर यातायात मार्फत वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा विद्युतीय बस सञ्चालनमा ल्याएका हुन् । असार अन्तिम सातादेखि सुविधायुक्त विद्युतीय बसले दैनिक वीरगञ्जदेखि पूर्वपश्चिम राजमार्ग प्रवेश स्थल पथलैयासम्मको यात्रा गर्नेछ […]