सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले […]
काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो । गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका […]
दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो। भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो । यो समयमा अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी […]
सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ । यद्यपि उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् । पक्राउ पुर्जीबारे मधेश प्रदेशका डीआईजी उमा चतुर्वेदीले भने केही बताउन चाहेनन् । ‘यो अनुसन्धानकै चरणमा रहेकाले अहिले केही बोल्न मिल्दैन,’ उनले भने । यादव […]
सर्लाही । अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेशका अध्यक्ष अशोक यादव र सर्लाहीका एसपी योगेन्द्र कुमार खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको छ । एसपीलाई फोनमा ‘को हो तिमीहरु’ […]
धनुषा । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैचामा राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरूको समूहले भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काले बताए । भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरूको प्रादेशिक […]
काठमाडौं । जिल्ला अदालत काठमाण्डूले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक आज (बिहिबार) जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो । बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो […]
काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका […]
मेष -गृहकार्य र पारिवारिक जिम्मेवारीमा समय बित्न सक्छ। मन केही भावुक हुने सम्भावना छ। पुराना सम्झनाले असर गर्न सक्छ। ध्यान केन्द्रित गर्नुपर्ने समय हो। वृष-सञ्चारमा सहजता आउँछ। नयाँ कुरा सिक्न मन लाग्नेछ। छोटो यात्रा वा भाइबहिनीसँगको भेटघाट सुखद हुनेछ। आत्मविश्वास बढ्न सक्छ। मिथुन-धनसम्बन्धी सोच-विचारमा समय बित्नेछ। खर्च र बचतको सन्तुलन मिलाउनु आवश्यक हुनेछ। मिठो बोलाइबाट […]
काठमाडौं । नागरिक उन्मुक्ति पार्टिबाट सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएपनि संरक्षक रेशम चौधरीले अब आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । बिहीबार मन्त्री चौधरीललाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि संरक्षक चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’जेलबाट हुण्डी खाने सर्वहाराहरु सामाजिक सञ्जालमा कराउँदैछन् ।’