२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

समाचार

अत्यधिक गर्मीका कारण असार १ गतेदेखि असार ६ गते शुक्रबारसम्मका लागि बन्द

पर्सा । वीरगञ्ज महानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू (मोन्टेश्वरी र पूर्व प्राथमिक तहसमेत) अत्यधिक गर्मीका कारण मिति २०८२ असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्मका लागि बन्द गरिएका छन्। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको सूचना सार्वजनिक गरेको हो। विदा […]

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा रहेको गुरुकुल एकाडेमी तुलसीपुरका आज विद्यार्थीहरूले नाटक प्रदर्शन गरेका छन् । शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी गुरुकुल एकाडेमीका विद्यार्थीहरुले नाटक प्रदर्शन गरेका हुन् । विद्यालयमा अध्ययनरत कक्षा २ देखि ९ सम्मका १८ जना विद्यार्थीहरूले ‘दुःखी राजकुमारी’ शीर्षकको नाटक प्रदर्शन गरेका हुन् । नाटकमा मानिस आफूभित्रको कमजोरीकै कारण दुःखी हुने कुरा […]

बारा । जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइटबाट  सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको छ । आज बिहान भारतबाट अवैध रूपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको  एयरपड प्रो  र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं। १२ गण बाराले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति […]

मेष -दैनिक कार्यमा आत्मविश्वास बढ्नेछ। वैदेशिक सम्पर्क वा कागजी काममा सफलता मिल्न सक्छ। तर आक्रोशमा काम बिगार्ने सम्भावना भएकाले विवादबाट टाढा रहनु राम्रो। सवारीसाधन चलाउँदा सजग रहनुहोस्। वृष-बृहस्पति अस्तको प्रभावले गुरुजन, अभिभावक वा वरिष्ठसँग मतभेद देखिन सक्छ। तर घर–परिवारमा आपसी समझदारी बढ्नेछ। फाटेका सम्बन्धहरू सुधार्ने अवसर पाउनुहुनेछ। धार्मिक वा दान पुण्य कार्यमा मन जानेछ । […]

काठमाडौं । ललितपुर महानगरपालिका तिखेदेवलको सभा हलमा आयोजना गरिएको कार्यक्रममा १४ नं. वडाको वडा अध्यक्ष अमृत जंग महत्तज्यूको अध्यक्षता तथा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर, ललितपुर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल ललितपुरको संयुक्त आयोजना तथा १४ नं. वडा कार्यालयको सहकार्यमा “न्यायिक तथा अर्धन्यायिक निकायहरूसँग अन्तरक्रिया […]

पर्सा । वीरगन्ज महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षीय राहुलकुमार तिवारी र बारा, प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीय कौशलकुमार गुप्तालाई सशस्त्रले नियन्त्रणमा लिएको हो । भारतको रक्सौल नाकाबाट फरक फरक मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट फौजले जाँच गर्दा उनीहरुको साथमा फेला परेको १८ लाख रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको […]

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा वेल घेराउ गरेको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि सांसद सांसहरूले वेल घेराउ गरेका हुन् । अहिले गृहमन्त्री रमेश लेखक बोलिरहेका छन् । रास्वपा सांसदहरू भने अवरोध गर्दै नाराबाजी गरिरहेका छन् । रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै […]

काठमाडौं । सत्तारुढ कांग्रेस, एमाले र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा रास्वपाले असहमति जनाएको हो। रास्वपा सह–प्रवक्ता मनिष झाले तीन दलबीच भएको सहमतिले समस्याको समाधान नदिने बताए। माओवादीले आफूहरुलाई समेत दुई बुँदे सहमति मान्न भने पनि आफूहरु तयार नभएको उनको भनाइ थियो। तीन दलबीच भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने भनिएको सहमतिअनुसार गृह […]

काठमाडौं । शरीरको रक्षा गर्नमा खनिजको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस्तै शरीरका कोषहरूको वृद्धि विकास र राम्रोसँग कार्यसञ्चालनको लागि क्याल्सियम, फस्फोरस, आयोडिन, फलाम आदि खनिज पदार्थहरू आवश्यक पर्छन्। क. क्याल्सियमका कार्यहरू – रगत जम्ने प्रक्रियामा सहयोग गर्छ। – हात तथा दाँतको विकासमा यसको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। – मांसपेशीय तन्तुहरू तथा स्नायु तन्तुहरूको काममा सहयोग गर्छ। […]

काठमाडौं । हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए । गत […]