२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

समाचार

पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोड,आगजनी बिरुद्ध भालुवाङमा बिरोध कार्यक्रम

  दाङ । भालुवाङ राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोड, आगजनी बिरुद्ध आइतवार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा बिरोध कार्यक्रम गरेको छ । गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुले एक घरमा आगजनी गरेका थिए । राजावादीहरुको क्रूर व्यवहारको भिडियो खिच्नको लागि आफ्नो पत्रकारिताको धर्म निभाईरहेका एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन […]

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद  सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । २०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनामै इदमा बिदाको दिने उल्लेख थियो ।

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हटौंडामा संचालन भएको नेपाल प्रहरीका पूर्व प्रहरी कर्मचारी /अमर प्रहरी परिवार तथा बहालवाला प्रहरी कर्मचारी स्वावलम्बी कार्ययोजना-२०८१ अन्तर्गत १६ कार्यदिनको अटोरिक्सा चालक तालिम प्रथम समूहको आज मिति २०८१।१२।१७ गते बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ […]

काठमाडौं । सबैभन्दा अगाडी तीनजना छन्। चन्द्र कुबेर खापुङ,लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल। उनीहरू २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका हुन्। शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डीआईजी भए। खापुङ अहिले सीआईबीमा, आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोलि सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ । ‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी पहिलो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’ […]

  जनकपुरधाम । युवकको हत्यापछि दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीयहरू आन्दोलित भएका छन्। तर, धनुषा प्रहरीले अहिलेसम्म हत्यारा पक्रन नसकेको भन्दै आक्रोशित स्थानीयहरूले प्रदर्शन चर्काएपछि अवस्था तनाबग्रस्त बनेको छ। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने झडपमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। स्थिति अझै तनावपूर्ण छ। प्रहरीले छिटो […]

  काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् । सामाजिक सञ्जालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि…छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’ बैठकमा लिङदेन र अर्का सांसद ज्ञानेन्द्र शाहीले छाती पिटेको […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता पूर्वपञ्च प्रकाशचन्द्र लोहनीले काठमाडौं महानगरपालिकाले तीनकुनेको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रलाई जोडेर जरिवाना पत्र काट्नु गलत रहेको बताएका छन् । काठमाडौं महानगरले हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा विभिन्न शीर्षको ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको थियो । गत शुक्रबार काठमाडौंका तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा महानगरको […]

  काठमाडौं । तीनकुनेमा शुक्रबार भएको राजसंस्था पुनःस्थानाको आन्दोलन हिंसात्मक बनेपछि त्यसको नेतृत्व गरिरहेका नवराज सुवेदीलाई सरकारले नजरबन्दमा राखेपछि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्व अब गुरुङले गर्ने भएका हुन्। संयोजक सुवेदीले आइतबार एक विज्ञप्ति निकाल्दै उक्त जानकारी दिएका हुन्। उनले आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान समेत गरेका छन्।

  काठमाडौं । तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ । यसैबिच प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन् । ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म […]

error: Content is protected !!