२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

समाचार

पत्रकार हत्या क्रूर र जघन्य अपराध : पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव शर्मा 

  दाङ । भालुबाङ,नेपाल पत्रकार महासङ्घ, लुम्बिनी प्रदेश समितिले शुक्रबार राजावादीहरूको आन्दोलनका क्रममा भएकाे पत्रकार सुरेश रजकको हत्या क्रूर र जघन्य अपराध भएकाे निष्कर्ष निकालेकाे छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले शनिबार विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाउनुभएकाे छ । राजावादीहरूकाे आन्दाेलनकाे क्रममा रिपोर्टिङमा रहनुभएका पत्रकार सुरेश रजकको […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले भद्रकालीस्थित प्रहरी परिसर पुगेर आफ्ना पार्टीका नेतालाई भेटेका छन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शमशेर राणा र स्वागत नेपाल लगायतलाई भेटेका हुन् । वरिष्ठ नेता पशुपतिसँगै नेता डा. प्रकाशचन्द्र लोहनी लगायत पनि पुगेका थिए । काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनलाई उत्तेजित बनाएको […]

लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिमका मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिए धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताका आधारमा पदमा नबस्ने घोषणा गरेको […]

  काठमाडौं । नेपाल पत्रकार महासंघको आव्हानमा भेला भएका सञ्चारकर्मीहरुले शनिबार भएको घटनाको गम्भीर रुपमा छानबीन गर्न सरकारको ध्यानाकषर्ण समेत गराएका छन् । शनिबार भएको राजावादीनिकटको आन्दोलनले हिंसाको रुप लिएको पत्रकार महासंघले ठहर गरेको छ । उक्त घटनाका बारेमा समाचार संकलन गर्न पुगेका एभिन्युज टेलिभिजनका संचारकर्मी सुरेश रजकको जलेर मृत्यु भएको छ । त्यस्तै विभिन्न संचार […]

  काठमाडौं । नेपाल प्रहरीकाे विशेष टाेलीले उनलाई पक्राउ गरेको प्रहरीका एक अधिकारीले जानकारी दिए। शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि यसो गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेतालाई पक्राउ गरिसकेको छ। शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको काठमाडौँ प्रहरी परिसरका […]

  काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई सरकारले पक्राउ गर्न खोजेको भन्दै विरोध जनाएका छन्। तीनकुने क्षेत्रमा शुक्रबारको आन्दोलनपछि नजरबन्दमा रहेका सुवेदीले शनिबार विज्ञप्ति जारी गरी शाहलाई नजरबन्द वा पक्राउ गर्ने तयारी भइरहेको समाचार बाहिर आएको भन्दै आपत्ति जनाएका छन्। त्यसो भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त […]

  काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा आन्दोलरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरेका हुन्। कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै आयोगले सरकारलाई हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई […]

गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकले तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको क्षेत्रको अनुगमन गर्दै काठमाडौं । अहिले बिहान ९ बजे अनुगमनका लागि उनी तीनकुने क्षेत्र जाने सचिवालयले जानकारी दिएको छ। शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो ।

मेष -आजको दिन तपाईंको लागि उत्साहजनक रहनेछ। नयाँ कार्यको थालनी गर्न सक्नुहुन्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। वृष -आर्थिक पक्ष सुदृढ हुनेछ। व्यापारमा लाभ हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। यात्रामा जानुपर्ने हुन सक्छ। मिथुन-विद्यार्थीहरूका लागि समय अनुकूल छ। अध्ययनमा सफलता मिल्नेछ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ। नयाँ मित्रता हुनेछ। कर्कट -व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। […]

काठमाडौं । ​​​​राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल लगायतका केही व्यक्ति शुक्रबार साँझ पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले मिश्र, राणा र नेपाललगायतका केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए। मिश्र र राणालाई सातदोबाटो र नेपाललाई पुतलिसडकबाट पक्राउ गरिएको हो। राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन […]

error: Content is protected !!