काठमाडौं । अमेरिकामा एकपटक फेरि विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ । यो घटना शनिवार मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको हो । एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन नसकेको सङ्घीय […]
काठमााडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो । उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिराहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व-पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका छ । सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए । यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्ति सुरक्षा खलबल्याएको र हिंसात्मक आन्दोलन गराउन योजनाबद्ध भूमिका खेलेको भन्दै सरकारले उनलाई अघोषित नजरबन्दमा राखेको छ। शुक्रबार रातिदेखि नै पूर्वराजाको निवास र वरिपरिको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुका साथै बाहिर निस्कन नदिने गरी अघोषित नजरबन्दमा राखेको हो। त्यहाँ भेटघाटका लागि जानेहरूलाई समेत निगरानीमा राखिएको छ। सरकारले शुक्रबारबाटै उनका गतिविधिमा […]
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिवार घोराहीमा आयोजना गरेको विरोध कार्यक्रमका सहभागीले पत्रकार रजकको मृत्यु नभएर सुनियोजित रूपमा जलाएर हत्या गरिएको भन्दै घट्नामा संलग्नको पहिचान गरेर कडा कारबाहीको माग गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लीला शाहले घट्नाको सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरिन् । कार्य […]
बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा शनिबार वीपी चौकमा विरोध ऱ्यालीको साथ हत्यारालाई कारवाहीको माँग गर्दै जिल्ला भरीका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन। पत्रकारहरूले दोषीलाई कारबाही गर सञ्चारमाध्यममाथि आक्रमण बन्द गर प्रेस स्वतन्त्रता जिन्दावाद पत्रकार कुट्न पाइँदैन’ जस्ता नारा लगाएका थिए। कोणसभामा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नबिन गिरि पत्रकार कमल डाँगी , प्रिया स्मृति […]
काठमाडौं । भूकम्पमा परी तीन हजार ४०८ जना घाइते भएका छन् । मध्य म्यान्मारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पले थप क्षति पुर्याएको थियो । यो विनाशकारी भूकम्पले भवन, पुल, सडकसहित १७ लाखभन्दा बढी मानिसको घरमा क्षति पुर्याएको छ । म्यान्मार सरकारका अनुसार एक हजार ६४४ […]
काठमाडौं । पुर्व राजाको परिवारमा यसअघि डिएसपीको कमाण्डमा रहेका २५ सुरक्षाकर्मीमध्ये १५ मात्र कायम गरिएका छन्। सरकारले पूर्व राष्ट्रप्रमुखका रूपमा उपलब्ध गराउँदै आएको सबै सुविधा कटौती गर्ने तयारी गरिरहेको बेला सुरक्षामा गरिएको यो परिवर्तनले थप चर्चा पाएको छ। यसअघि पूर्वराजपरिवारको सुरक्षाका लागि १५५ जना सशस्त्र प्रहरी खटाइएका थिए। साथै, इन्धनसहित तीनवटा सरकारी सवारी साधन पनि […]
काठमाडौं । नेपाल प्रहरीको प्रमुख जिम्मेवारी प्रहरी महानिरीक्षक दिपक थापाले बताएका छन् । प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै महानिरीक्षक थापाले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गरे । उनले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् […]
काठमाडौं । महानगरपालिकाले तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको बिल पूर्वराजा ज्ञानेन्द्र शाहलाई तिराउने निर्णय गरेको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को टोलीले यस घटनाको मुख्य जिम्मेवारी निर्मल निवासमा जाने निष्कर्ष निकालेको छ। उनका सचिवालयका एक सदस्यका अनुसार, जरिवाना सम्बन्धी पत्र तयार पार्ने प्रक्रिया अघि बढिरहेको छ। शुक्रबार दुर्गा प्रसाईको नेतृत्वमा तथा […]