दाङ । देउखुरी ईलाका प्रहरी कार्यालय भालुवाङ्को मातहत इलाका प्रहरी कार्यालय सिसहनिया दाङबाट खटिएको प्रहरी टोलीले जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं.५ स्थित पुर्व-पश्चिम राजमार्ग सडक खण्डको विभिन्न स्थानहरुमा सवारी चालक,सहचालक र आम सडकहरुमा प्रयोगकर्ताहरुलाई समेत भेला जम्मा गराई , सडक दुर्घटना न्यूनिकरणको लागी “ट्राफिक नियम तथा सडक दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानिका बिषयहरुमा सम्झाई बुझाई […]
बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्की निरीक्षण तथा अनुगमनको क्रममा यस जिल्ला प्रहरी कार्यालय बर्दियामा पाल्नु भई कार्यालयको आन्तरिक तथा बाह्य तर्फ निरीक्षण गर्नुको साथै । बर्दिया जिल्ला प्रहरी कार्यालयमा कार्यरत तथा मातहत (क) श्रेणी इलाका प्रमुख र चौकी इन्चार्जहरु समेतलाई आवश्यक निर्देशन दिनुका साथै […]
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो । अहिले पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको छ अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन । उनीहरू काठमाण्डुको बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् । उक्त पैसा लिएर उनीहरू कहाँ जाँदै थिए भन्ने नखुलेको […]
क्रिसमस डे’को अवसर पारेर भारतीय चर्चित गायक सोनु निगम पुगे काठमाडौंमा काठमाडौं । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेको आयोजक नेपाली–टच नेपालले जनाएको छ । आयोजकले विमानस्थलमा सोनुलाई ढाका टोपी लगाएर स्वागत गरेका छन् । ‘क्रिसमस डे’को […]
काठमाडौं । हाईटी देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको थियो । गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त अस्पताल हिंस्रक समूहले कब्जामा लिएको थियो । सो अस्पताल फेरि सरकारले खोल्न लागेको भनेर पोर्ट ओ प्रिन्सको डाउनटाउन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना […]
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको आवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो वापत १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सो कन्डम आयात गरेर ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षभरमा ३ […]
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर आफ्नो अवकाशअघि जन्मथलो अर्घाखाँचीमा आधुनिक र सुविधा सम्पन्न आवासीय भवन निर्माणमा व्यस्त छन्। आगामी चैतमा अवकाश हुने तयारीमा रहेका कुँवरले उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै गाउँमा आकर्षक घर निर्माण गरिरहेका हुन्। गाउँका परम्परागत ढुंगा-माटोका घरहरूको बिचमा कुँवरको नयाँ घर निकै फरक देखिन्छ। घरको बाहिरी संरचना लगभग […]
काठमाडौं । इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस मनाउन पुस ८, ९ र १० गते (मंगलबार, बुधबार र बिहीबार) तीन दिन सार्वजनिक बिदा दिएको छ। यसैगरी, नेपाल सरकारले पुस १० गते (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ। क्रिसमसको अवसरमा इसाई धर्मावलम्बीहरूले येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउँदैछन्। यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्।
मेष राशि – आफ्नो बुद्दि प्रयोग गर्न सके आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ । स्वास्थ्यमा ख्याल राख्नु होला । बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका […]
दार्चुला । भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यहाँ घरहरुमा क्षति पुगेको थियो ।