काठमाडौं । २१ मंसिरमा केदार ढकाल अनिवार्य अवकाशमा गए सगै आज मंसिर २७ देखि एआईजी भीमप्रसाद ढकाल अवकाशहुन लागेका हुन्। मानव स्रोत विकास विभागका एआईजी भीम ढकाल र प्रदेश समन्वय विभागमा कार्यरत एआईजी केदार ढकाल उमेरहदकै कारण अवकाश हुन लागेका हुन्। केदार ढकाल भने एआईजीमा बढुवा भएको एक महिना पनि नहुँदै अवकासमा गए । उनलाई मंसिर ६ गते एआईजीमा बढुवा गर्ने निर्णय भएको थियो। गृहस्रोतका अनुसार —सिंह र बोहरालाई एआईजीमा बढुवा गर्ने तयारी— ढकालद्वयको अवकाशपछि रिक्त हुने एआईजीमा दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गर्ने सरकारको तयारी छ।केदार ढकाललाई एआईजी बनाउनका लागि यसअघि सिंहलाई छुटाइएको थियो। ढकाल अवकाशमा जाने भएकाले उनलाई बढुवा दिन दुर्गा सिंह र कुवेर कडायत अगाडि भए पनि बढुवा भएका थिएनन।तर यसपटक सिंहलाई एआईजीमा बढुवा गर्ने तयारी छ। सिंह हाल गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुख छिन्। तर कडायत भने यसपटक पनि एआईजी बन्ने सम्भावना कम छ। अब रिक्त हुने एआईजीमा भरतबहादुर बोहरालाईबढुवा गर्ने तयारी छ। हाल उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख रहेका बोहरा पनि अवकाश हुन लागेका छन्। उमेरहदका कारण पुस १४ गते उनी अनिवार्य अवकाश हुनेछन्। उनी अवकाश भएपछि मात्रै कुवेर कडायतलाई एआईजीबनाउने सरकारको तयारी छ। पुस १६ गते अर्को पनि एआईजीको दरबन्दी खाली हुनेछ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरणबज्राचार्य पनि अनिवार्य अवकाश हुनेछिन्। बज्राचार्य र बोहरा अवकाश भएपछि फेरि कडायतसहित दुईजनाएआईजीमा बढुवा हुनेछन्। प्रहरी महानिरीक्षक कुँवरले आफ्ना ब्याचीलाई सकेसम्म बढुवा गर्ने नीति लिएका छन्। यसअघि किरण राणा २ दिनकालागि एआईजी भएकी थिइन्। उनलाई अवकाश हुने अघिल्लो दिन मात्रै एआईजीमा बढुवा गरिएको थियो।
कास्की । जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको हो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेको पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए […]
कास्की । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो । अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस जारी रहेको स्रोतले जानकारी दिएको छ । रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले […]
काठमाडौं । बिहीबार बिहान काठमाण्डुको न्यूनतम तापक्रम ३ ९ डिग्री सेल्सियस रेकर्ड गरिएको मौसविद् सरोज पुडासैनीले जानकारी दिए । साढे ६ बजेपछि चार डिग्री सेल्सियस पुगेको थियो । बिहीबार काठमाण्डुको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको […]
दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा नयाँ योजनाहरु बन्नेछन् । भविष्यको लागि सोचनिय भैएला ।अध्ययनमा मन जाला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान्।व्यवसायमा सफलता मिल्ला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।नजिकका व्यक्तिले खुट्टा तान्नेछन् । बृष राशि – व्यवसायिक सफलता मिल्नेछ ।अधुरा कार्यहरु सुचारु होलान् ।प्रेम सम्बन्धमा मिठास छाउला […]
दाङ । त्यसैगरी उपाध्यक्षमा ओपेन्द्र बस्नेत, उपाध्यक्ष (महिला) मा नारायणी रजौरे चयन हुनुभएको छ । त्यस्तै सचिवमा जेएन सागर, सहसचिवमा प्रकाश चौधरी, सहसचिव (समावेशी) मा वसन्त परियार, कोषाध्यक्षमा अमरराज भण्डारी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, छविलाल पुरी, जंगबहादुर रेउले, टेकबहादुर पुन, नारायणप्रसाद नेपाल, रमा नेपाली, सन्तोष खनाल, सरिता चौधरी, सुमन केसी, […]
स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला पक्राउ स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला पक्राउ मोरङ । रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल रहेकी जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको […]
कास्की । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेको पक्राउ पछि रास्वपाले देशका विभिन्न स्थानमा प्रर्दशन गर्र्दै आएको छ । पोखराको पृथ्वीचोकमा अहिले रास्वपा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । सभापति रवि लामिछानेलाई पनि भर्खरै पोखरा पुर्याइएको छ । वीरगन्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाबारे बयान सकाएर प्रहरीले केहीबेर […]
काठमाडौं । बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमरा काठमाण्डु हुँदै कास्की पुर्याइएको हो । उनलाई जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।
काठमाडौं । सयुक्त अमेरिका विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन तियानफेङ चीनको सिचुआन प्रान्तमा बस्दै आएका छन्। गुआनलाई कम्प्युटर धोखाधडी गर्ने र तार धोखाधडी गर्ने षड्यन्त्रको आरोप लगाउँदै मङ्गलबार मुद्दा खोलिएको थियो। अर्थ मन्त्रालयले गुआनले सिचुआन साइलेन्स इन्फर्मेसन टेक्नोलोजी कम्पनी लिमिटेडका लागि काम गरेको कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ। अभियोगअनुसार गुआन र सिचुआन साइलेन्सका […]