२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

समाचार

ट्यांकरले ठक्कर दिँदा दाजुभाइको मृत्यु पछि स्थानीयहरुले बाँकेको बेतहनी प्रहरी चौकीमा आगजनी गरे

बाँके । डुडुवा गाउँपालिका–२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएपछि स्थानीयले बेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन् । स्थानीय ७ वर्षीय शिव गोडिया र ९ वर्षीय उनका दाजु विशाल गोडिया स्कुलबाट घर फर्किंदा बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । ट्यांकरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएपश्चात […]

पर्सा । बिरगंज नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरासहित सात जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योग कसुरमा जाहेरी दर्ता भएको हो । गत २९ फागुनको राति डायमण्ड पार्टी प्यालेसमा वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि निर्घात कुटपिट भएको थियो । सोही कुटपिटमा संलग्न रहेको आरोपमा वरिष्ठ सई जबरा, प्रहरी जवान दीपेश क्षेत्री, […]

दाङ । राजपुर देउखुरी बाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति राजपुर गाउँपालिका वडा नम्बर-६, गंदीखोलाका २८ वर्षीय दिपक पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्र बहादुर शाहले जानकारी दिएका छन्। प्रहरीका अनुसार, घोराही–१७ कटुवा खोला नजिकै लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन […]

काठमाडौं । भन्सार विभागको तथ्याङ्क अनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात भएको हो । यसबाट सरकारले ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ […]

  काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१’ को रनिङ्ग ट्रफी नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले जितेको छ। ८ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १६ पदकसहित सो बाहिनी प्रथम भएको हो। त्यसैगरी नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही ८ स्वर्ण, ५ रजत […]

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक धिरज प्रताप सिंहले आईजीपी दिपक थापालाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएकोमा बधाई दिँदै सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा संस्थागत सुधारका लागि सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका हुन्। नेपाल प्रहरीका वरिष्ठ अधिकारीका रूपमा लामो अनुभव हासिल गरेका थापाले नेतृत्व सम्हालेपछि प्रहरी संगठनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। नेपाल प्रहरी […]

मुस्ताङमा आंसिक हिमपात जारी मुस्ताङ । थासाङ गाउँपालिका–५ देखि उपल्लो मुस्ताङसम्म शनिबार दिउँसो भएको आंशिक हिमपात । दिउँसो करिब ३ बजेदेखि पर्न सुरु भएको हिमपातले मुस्ताङका कृषक खुसी भए रासस

काठमाडौं । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् । उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए । ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो […]

काठमाडौं । नगर प्रहरी कार्यालय काठमाडौं, भृकुटिमण्डपमा कार्यरत प्रहरी निरीक्षक शंकर श्रेष्ठ फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले लगनशील, कर्तव्यनिष्ठ एंव प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गरे भन्दै इन्स्पेक्टर श्रेष्ठलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो । काठमाडौं प्रहरीका प्रमुख तथा एसएसपी विश्व अधिकारीले उनलाई […]

काठमाडौं । नेपाल प्रहरीमा रिक्त १० डीआईजी पदका लागि बढुवा प्रक्रियाको तयारी तीव्र भइरहेको छ। एआईजी बढुवापछि डीआईजी पदमा बढुवा हुने छ। स्रोतका अनुसार कासमू एवं वरियता सूचीअनुसार डीआईजी बढुवा गर्ने गृहको तयारी छ।एक नम्बरमा एसएसपी ओम बहादुर राना, २ नम्बरमा, माधव प्रसाद श्रेष्ठ, ३ मा दिपेन्द्र घर्ति क्षेत्री, ४ मा दीपक रेग्मी, ५ मा […]