२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

गए रातिदेखि परेको अविरल वर्षाका कारण तम्घास‐रिडी सडकखण्ड अवरुद्ध

  बुटवल । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र  तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा  पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत […]

काठमाडौं । शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन […]

  दाङ । नेपाल पूर्व प्रहरी दिवस २०८१ को अवसरमा जिल्ला पूर्व प्रहरी संगठन दाङले आयोजना एवं जिल्ला पूर्व प्रहरी संगठन दाङका अध्यक्ष पूर्व प्र.ना.उ.रोवर बहादुर बस्नेतको अध्यक्षता, लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठलाई बिशिष्ठ आतिथ्यता जिल्ला प्रहरी कार्यालय […]

  भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी रंजित सिंह राठौरबाट मातहत प्रहरी यूनिट   ईन्चार्जहरुलाई आ-आफ्नो वडा एरियाको शान्ती सुरक्षा ब्यवस्था, प्रहरी कारवाही सम्बन्धी आवश्यक निर्देशन दिनुका साथै विविध बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

  बाँके । नेपालगन्ज उपमहानगरपालिका ४ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको कुर्ता सुरुवाल र लेडिज चप्पल अन्दाजी मुल्य रु.४,२२,०००। चार लाख बाइस हजार बराबरको सामान फेला पारी बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेबाट भन्सार कार्यालय बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ ।

  काठमाडौं । मध्य गाजाको अल–जाबैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए। इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन। ‘अल–जाबैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ,’ बस्सलले भने। उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भने, ‘तीनवटा रकेट […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहतमा रहेको साई गाउँ प्रहरी चौकीले तस्करी भईरहेको सूचना पाएपछि करिब ६ लाख बराबरको भन्सार छली गरि ल्याउन लागेको अवस्थामा सामान बरामद गरेको छ । विहानै भारतीय सिमा नाका रुपैडिहा हुँदै पचपोखरा आउने क्रममा सुराकीको आधारमा साई गाउँ प्रहरी चौकीका इन्चार्ज सई विष्णु शाहीसहितको टोलीले करिब ६ लाख बराबरको […]

  कैलाली । भीमदत्त नगरपालिका-११ प्रहरीले स्थानीयलाई चितुवा देखिएकोबारे खबर गरेका छन्। भुजेला क्षेत्रमा धान खेतमा चितुवा पसेको बताइएको छ। यस अगाडि दोधारा चाँदनी क्षेत्रमा बाघले एक महिलाको ज्यान लिएको थियो भने चितुवाले पनि आतंक मच्चाएको थियो।

महोत्तरी । गाउँपालिका १ सोनुषडा निवासी एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। अन्दाजी ४५ वर्षीय हबिब नदाफले श्रीमती ३६ वर्षीया रोशना खातुनको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि अहिले उनी फरार छन्। शुक्रबार राती ६ वर्षीया छोरी सानिमासँग कोठामा सुत्न गएको अवस्थामा श्रीमतीलाई कुटपिट गरि हत्या गरेको र मृत श्रीमती छोडेर फरार उनी भएका छन् […]

  काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा पहिरो खस्दा आज बिहान छ बजेदेखि सडक अवरुद्ध भएको थियो । प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए। सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका थिए । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट […]

error: Content is protected !!