काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्वीर हटाएको छ । जेनजी युवाहरूको प्रदर्शनका क्रममा काठमाडाैंमै १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् । काठमाडौंमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी प्रदर्शनमा भएका घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। थापाले सरकारले असंवेदनशीलता देखाउँदा अनाहकमा धेरै युवाले ज्यान गुमाएको घटनाले स्तब्ध बनाएको बताए। उनले भ्रष्टाचार छानबिन र कारबाहीका लागि संविधान संशोधन र उच्चस्तरीय आयोग गठन आवश्यक रहेको उल्लेख गरे। २३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री […]
काठमाडौं । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । कांग्रेसका एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् । आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत […]
काठमाडौं । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले तत्काल सामाजिक सञ्जाल चलाउन दिने निर्णय गर्नुपर्ने बताएको छ। ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस् महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोनबाटै जानकारी गराइसकेका छन्। प्रधानमन्त्री ओलीलाई सभापति देउवाले […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरसंहार गरेको दाबी गरेको छ। ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ […]
काठमाडौं । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको हो ।बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई लैजाने क्रममा प्रदर्शनकारी पनि प्रवेश गर्ने र उनीहरुलाई पछ्याउँदै प्रहरी पनि प्रवेश गरेर धरपकड गरेको एक स्वास्थ्यकर्मीले […]
काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ८ पुगेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका […]
काठमाडौं । कैयौंको ज्यान जानुको साथै सयौं घाइते हुने गरी भएको बल प्रयोगमा विरोध गरेको बारले जनताको जीउज्यान संरक्षण गर्ने कामलाई व्यवहारमा उतार्न आग्रह गरेको हो । बारले विज्ञप्ति जारी गर्दासम्म १५ जनाको ज्यान गएको छ । अत्यधिक बल प्रयोग र कैयौंको ज्यान जाने गरी भएको घटनामा खासै टिप्पणी नगरेको बारले सामाजिक सञ्जालका मामिलामा भने […]
भैरहवा । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले भदौ २३ गते सोमबार अपरान्ह ४ देखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरिएको बताए| ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम आदेश जारी गरिएको उनले जानकारी दिए। कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, […]
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा सरकारले व्यापक दमन गरेको छ। प्रहरीको गोली लागेर हालसम्म १३ जनाले ज्यान गुमाइसकेका छन्। प्रहरीको गोली लागेर घाइते भएका ७ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ। यस्तै, दुई जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ भने एक जनाले घटनास्थलमै ज्यान गुमाएका छन्।प्रदर्शन चर्किँदै गएपछि सरकारले नयाँ बानेश्वरसहित माइतीघर, शितल निवास, […]