३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

समाचार

बर्दियामा चितुवाको आक्रमणबाट एकजनाको मृत्यु,

बर्दिया । गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट बिहीबार दिउँसो मृत्यु भएको हो । बारबर्दिया नगरपालिका–११ बेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै रोकायको मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ७ जना […]

काठमाडौं । तेह्रथुमकी प्रधानाध्यापक तारादेवी खतिवडालाई जिल्ला अदालतले जातीय विभेदको आरोपमा ९ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तोकेको छ। घटना भदौ ७ गते अठराईस्थित नाम्जाङ आधारभूत विद्यालयमा भएको थियो।प्रहरी र अदालतको अनुसार, प्रधानाध्यापक खतिवडाले तीजको दरखाने कार्यक्रममा सहकर्मी शिक्षिका एलिसा विश्वकर्मालाई “तल्लो जातले पकाएको भाँडामा ठुलो जातले खाना खान हुँदैन” भनी खाना पकाउने […]

सर्लाही । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल काठमाडौँका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको नेतृत्वमा आएको टोलीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुगमन तथा निरीक्षण गरेको छ। आज २०८२ माघ २१ गते साँझ करिब १८:१० बजे कार्यालयमा पाल्नु भएका अतिरिक्त महानिरीक्षक बि.क.सहितको टोलीले कार्यालयका सम्पूर्ण शाखाहरूको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो । मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।‘यो प्रदेश संवेदनशील पनि छ । राम्रो पनि छ । कस्तो […]

काठमाडौं । मानिसको व्यक्तित्वमा निखार ल्याउन केशको महत्वपूर्ण भूमिका हुन्छ । महिला हुन् वा पुरुष दुवैको व्यक्तित्व विकासमा केशले विशेष सहयोग पुर्‍याउँछ । सुख्खा, कान्तिहीन एवं रुखो केशका कारण सौन्दर्यमा ठूलो धक्का पुग्छ भने मुलायम, चम्किलो एवं लहलहाउँदो केशले सौन्दर्य वृद्धिमा मद्दत गर्छ । सौन्दर्यका लागि अनुहार, हातखुट्टा आदि अंगजस्तै केशको स्याहार–सुसारमा पनि ध्यान पुर्‍याउनुपर्छ […]

काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल […]

काठमाडौं । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका छन् । थापा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक भट्टलाई बुधबारबाट सो जिम्मेवारी दिइएको हो । उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सहप्रवक्तासमेत रहेका डीएसपी […]

बैतडी । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका-४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

बाँके । विभिन्न मितिमा बाँके जिल्लाका विभिन्न स्थानहरुबाट भारत देखि नेपाल तर्फ भन्सार छलि तस्करी गरी ल्याएका लत्ता कपडा, खाद्यानका सामाग्री, सुर्तीजन्य पदार्थ, मोबाईल डिस्प्ले, हटकेश, बटर लगाएत अन्दाजी मुल्य रु.५,१३,२८५।– (पाँच लाख तेह्र हजार दुई सय पचासी रुपैया) बराबरको सामानहरु पक्राउ गरि आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

के हो मस्तिष्कघात हुने कारण ? मस्तिष्कघात साधारण भाषामा बुझ्दा मस्तिष्कमा हुने आघात हो । यस्तो आघात नै पक्षाघातको कारण हुन्छ । समयमै उपचार गराउन नसके यही कारणले मानिस अपांग हुन पुग्छ । मस्तिष्कघात एउटा आपतकालीन अवस्था हो । यसलाई सुरुमै चिनेर उपचार गराए प्रभावित मानिसले सामान्य जीवन जिउन सक्छ । यसको उपचार संभव छ […]

error: Content is protected !!