०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

भक्तपुरमा रगत अभाव बिरामीहरुलाई समस्या

  (ABC-Sanchar) काठमाडौं । भक्तपुर दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिनुभयो । उहाँले चाडबाडको […]

  ABC (क्राईमबिट) बाँके । कोहलपुर २ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि प्रनाउ तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिए । प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा […]

  (ABC-Sanchar) काठमाडौँ । भित्रिने नाकामा भीड देखिन थालेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ । नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी […]

  (ABC-Sanchar) काठमाडौं । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका […]

  ABC (क्राईमबिट) सल्यान । ढोग दर्शन नगरेको भन्दै कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान बागचाैर नगरपालिका- ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन् । उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेका थिए । […]

  (ABC-Sanchar) काठमाडौं । नयाँ दिल्ली भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीबार कार र ट्याङ्कर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटना कर्नाटकको राजधानी बैंगलोरबाट करिब ६२ किलोमिटर उत्तरमा रहेको चिक्काबल्लापुर जिल्लाको बैंगलोर-हैदराबाद राष्ट्रिय राजमार्गमा भएको हो । “आज १३ जना बोकेको तीव्र गतिको कारले चिक्कबल्लापुरमा रोकिराखेको ट्याङ्कर ट्रकलाई ठक्कर दिँदा १२ […]

  (ABC-Sanchar) सुर्खेत । साढे तीन सयभन्दा बढी उपभोक्ताहरूले प्रयोग गर्दै आएको दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका- ४, को रोशनीडाडाँ-रुमालदेव-गडाखा लिफ्टिङ्ग खानेपानी योजना अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएकाे छ। वर्षअघि कर्णाली प्रदेश सरकारले करिब ४० लाख बढी रकमबाट आयोजना निर्माण गरिएको थियो । उक्त योजना सम्पन्न भएपछि खानेपानीको लागि निकै काकाकुल बस्तीका जनताले निरन्तर पानी उपभोग गरिरहेका थिए […]

  (ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रले जनतामा निराशा र क्रोध बढाएको दाबी गरेका छन् । प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनका लागि अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जनताको एकमात्र आशा राजसंस्था भएको बताएका हुन् । टीकाको दिन शीतल निवास र निर्मल निवासको भिडको तुलना गर्दै उनले […]

(ABC-Sanchar) बाँके । नेपालगन्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाउँपालिका ४ स्थित साहपुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार हजारभन्दा बढीले प्रसाद ग्रहण गरेका छन् । फाउन्डेसनले संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात् भण्डाराबाट गरिएको हो । नेपालगन्ज २१ मा स्थापना भएको फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम आयोजना गरेको जनाएको छ । बडा दसैंको […]

  ABC (क्राईमबिट) धनकुटा । यात्रुबाट भाडा बढी लिएको गुनासो आएपछि चेकजाँचमा कडाइ गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटा हिले चाडवाडमा सवारी साधनले यात्रुवाट तोकिएभन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ । विभिन्न स्थानमा तोकिएभन्दा डबल बढीसम्म भाडा असुल्ने गरेको यात्रुको गुनासो छ । धरानबाट धनकुटाको हिलेसम्म तोकिएको भाडा ४५० भए पनि प्रतिव्यक्ति ८ सय […]

error: Content is protected !!