२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

बिशेष

केही गुनासो छ भने १६६०७६५२००१ मा फोन गर्नुहोस, तत्काल सुनुवाई हुनेछ ।

सनिउल्ला धोबी कपिलवस्तु जेठ २३, कपिलवस्तुको विजयनगर गाउपालिकाको काम कारवार्हिलाई पारदर्शि, सुशासन र जवाफदेही वनाउनको लागी गाउपालिका कार्यलयमा टोल फ्रि सेवा सुचारु गरिएको छ । नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ गाउँपालिकामा टोल फ्रि न १६६०७६५२००१ मा फोन गर्दा पैसा नलाग्ने निशुल्क टेलिफोन सेवा संचालनमा ल्याई केही गुनासो सुझाव सल्लाह आए तत्काल सम्बोधन हुने गाउँपालिकाका अध्यक्ष […]

राम बहादुर बिश्वकर्मा प्युठान / एक मृगौला पिडित बालकको जीवन रक्षाका लागी उनका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् । झिम्रुक गाउँपालिका १ बिडाडा स्थाई घर भइ हाल प्युठान नगरपालिका ९ मजुवामा बसोबास गर्दै आएका १५ वर्षीय सोनु सुनारको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । एक्कासी किडुनीमा समस्या आई चिच्याएपछि अस्पतालमा […]

सलिम अन्सारी,प्युठान ९० नाघेका बृद्ध । सेतै फुलेको दाह्रीजुगाँ । कपाल र दाँत पनि खसी सकेका छन् । सरुमारानी गाउपालिका-२ का गेहेन्द्र बहादुर जिसि उमेरले थलिएका छन। उनी आफै हिड्दुल गर्न सक्दैन्न त्यसैले ओच्यानमै पल्टेर उनको दैनिकी बित्छ । यसअघि भत्ता बुझ्न लठ्ठीको सहारामा हिडेरै तत्कालिन गाविस कार्यालयमा पुग्नुपर्थयो उनलाई । हिडेरै हैरान हुन्थे,मुस्किलले आफ्नो […]

पर्यटन प्रबद्धन गर्न पदयात्रा कमल वि.क. । जेठ १५, २०७५ प्यूठान । प्यूठानमा विविध कार्यक्रम गरी ११ औं गणतन्त्र स्थापना दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलगाँ देखि पर्यटकियस्थल मल्लारानी सम्म पदयात्रा गरि गणतन्त्र दिवस मनाईएको हो । सुनौलो विहान, चिनौं मल्लरानी भन्ने नारा सहित पर्यटकीय स्थल मल्लरानीको प्रर्वधन तथा रक्त सञ्चार केन्द्र प्यूठानको सहयोगार्थ […]

हेमन्त अधिकारी /प्युठान। जेठ १४– प्युठानमा परेको असिनापानीले तरकारी र मकैवालीमा लाखौ रुपैयाँको क्षति पुर्याएको छ । लगातार चार घण्टा परेको असिनापानीले जिल्लाको माण्डवि गाउँपालिका-४ धोवाघाट र खजुरे आसपासमा किसानले लगाएको वालीनालीमा बढी क्षति पुर्याएको हो । असिनापानीले खेतवारीमा लगाएको मकैबाली र सागसब्जी सखाप पारेको स्थानियले बताए । ५७ बर्षपछी परेको यत्ती ठूलो असिना पानीले […]

रोल्पा, ज्येष्ठ १० सुनछहरी गाउँपालिका वडा नं. ६ फगाममा निर्माण भएको ट्रष्ट पुल बुधबार उद्घाटन गरिएको छ । हाम्बाङ, हाम्जा जोड्ने ट्रष्ट पुल सुनछहरी गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले बुधबार औपचारीक उद्द्धाटन गर्नु भएको हो । केहि दिन अगाडी नै निर्माण कार्य सम्पन्न भएपनि आज एक कार्यक्रमका बिच पुलको औपचारीक उद्द्धाटन गरिएको बताईएको छ । […]

७ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र चुरोट तथा सूर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ । सार्वजनिक स्थानमा समेत धुमपान गर्ने र सूर्ती, पुकार, भोला जस्ता सूर्तीजन्य बस्तुका खोलहरु प्रयोगकर्ताले प्रयोग गरेपछि जताततै फाल्दा नगर फोहोर भएको भन्दै नगरपालिकाले यस्तो प्रतिबन्ध लगाउन थालेको बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले बताए । […]

कमल बि.क. प्यूठान, ४ जेठ २०७५ । प्यूठान जिल्लामा स्वास्थ्य विमा सेवाको शुभारम्भ भएको छ । प्यूठान अस्पताल विजुवार प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा जेठ १ गते मंगलबार औपचारिक कार्यक्रम गरि सेवा सुभारम्भ गरिएको हो । यसैबिच प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा फार्मेसिको सञ्चालनमा आएको छ, त्यस्तै आधारभुत आकस्मिक प्रस्तुती सेवा पनि […]