२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

बिश्व

बेलायतमा अहिलेसम्मकै अत्यधिक गर्मी तातोले धावनमार्ग पग्लिएपछि उडान स्थगित

ABC-Sanchar लन्डन । बेलायतमा अत्यधिक मात्रामा गर्मी बढेको छ। हिजो सोमबार तातो मौसमकै कारण लन्डनको धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएको सीएनएनले जनाएको छ। रोयल एयर फोर्स आरएएफले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिरका उडानहरू स्थगित गरेको हो। चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले पनि उल्लेख गरेको छ। सोमबार लन्डनको लुटन विमानस्थलले […]

ABC-SANCHAR काठमाडौँ । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एक जना भने बाँच्न सफल भएको छन् । […]

ABC-SANCHAR काठमाडौं । प्रधानमन्त्री रनिल विक्रमा सिंघेले बुधबार देशमा संकटकाल घोषणा गरेका हुन् । उनले देशभरी कर्फ्यू समेत लागू गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध निरन्तर प्रदर्शन तथा राजीनामाका लागि दबाब बढ्दै गएपछि संकटकाल घोषणा गरिएको हो । यसैबीच श्रीलंकाको राष्ट्रपति गोटाबाया राजापाक्षेले राजिनामा नदिएका कारण उनको स्थानमा नयाँ राष्ट्रपतिले सपथ लिन नपाउने […]

ABC-SANCHAR काठमाडौँ । भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्‍याएको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको […]

ABC-SANCHAR काठमाडौँ । श्रीलङ्कामा राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले लाखौँ रुपैयाँ फेला पारेका छन् । सामाजिक सञ्जालमा पैसा गनिरहेको एउटा भिडियो भाइरल भएको छ । जुन भिडियो श्रीलङ्काको राष्ट्रपति भवन भित्रको रहेको र पैसा गन्नेहरु प्रदर्शनकारी रहेको दाबी श्रीलङ्काली सञ्चार माध्यमले गरेका छन् । श्रीलङ्काली सञ्चार माध्यम डेली मिररले त्यो पैसा सुरक्षा निकायलाई हस्तान्तरण गरिएको […]

ABC-SANCHAR काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो । प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । विस्तृत विवरण […]

ABC-SANCHAR काठमाडौं । खराब मौसम तथा हावाहुरीका कारण डुंगा डुब्दा डुंगामा सवार माछा मार्ने मछुवा बेपत्ता भएका हुन् । शनिबारदेखि नै बेपत्ता उनीहरुको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान विदीले दिएको जानकारी अनुसार सो डुंगामा कम्तीमा पनि २५ जना नागरिक रहेका […]

ABC-SANCHAR कोलम्बो । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ […]

ABC-SANCHAR काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको शेरानी जिल्लामा आइतबार एक यात्रुवाहक बस खाल्डोमा खस्दा कम्तीमा १९ यात्रुको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सो घटना उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै भएको हो । तीव्र गति र वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा सो […]

ABC-SANCHAR कोलोम्बो । समयमा नै पेट्रोलियम पदार्थ खरिद गर्न आर्थिक अभावका कारण कठिनाइ भएपछि पेट्रोल तथा डिजेलको पुनः चरम अभाव भएको छ । छिट्टै आइपुग्ने अपेक्षा गरिएको तर इन्धन आउन लामो समय लागेपछि पुनः अभाव भएको इन्धन सङ्कटका लागि सवारी चालकसँग क्षमा याचना गर्दै ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताएका हुन् । उनका अनुसार यो […]