२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

भन्सार छलेर ल्याएको २ टन माछा जिल्ला प्रशासन चितवनद्वारा नष्ट

ABC (क्राईमबिट) चितवन । भारतबाट भन्सार छलेर ल्याइएका दुई टन माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । आज बिहान २ बजे रुपन्देहीबाट काठमाडौँका लागि लैजाँदै गरेको माछा पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले नियन्त्रणमा लिएको थियो । पशु क्वारेन्टिन रामनगर, मत्स्य व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त चेकजाँचका क्रममा माछा बरामद गरेर नष्ट गरिएको […]

ABC (क्राईमबिट) काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोट सहित सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको […]

(ABC-Sanchar) काठमाडौं । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत […]

(ABC-Sanchar) चितवन । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको […]

ABC (क्राईमबिट) बाँके । संविधान दिवसको अवसरमा नेपालगन्ज कारागारका १७ जना कैदीले बाँकी सजाय छुट पाएका छन् । उनीहरु सोमबार संविधान दिवसको अवसरमा रिहा भएको नेपालगन्ज कारागार प्रशासनले जनाएको छ । दिवसको अवसरमा बाँकी कैद सजाय छुट पाउनेहरुमा सबैजना पुरुषहरु रहेको नेपालगन्ज कारागारका प्रमुख अर्जुनबम शाहले जानकारी दिए । ‘नेपालगन्ज कारागारमा महिला कैदी हुनुहुन्न’ उनले […]

  (सागर थापा) दाङ । ईलाका प्रहरी कार्यालय गढवाको प्रहरी प्रमुख प्रहरी निरीक्षक रन्जु केसि उजीर सिंह दीप पदक द्वितियबाट सम्मानित हुनुहुने भएको छ । लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेश क्षेत्रमा रहेर मानव बेचबिखनमा परेका वालकको भारत बाट सकुशल उद्दार गरेको कार्यको मुल्यांकन गर्दै प्रदेश सरकारले उजीर सिह दीप पदक द्वितीय बाट प्रहरी […]

  ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीमा एआइजीको एक दरबन्दी थपिएसँगै भावी आइजिपीको चलखेल सुरु भएको छ । यसअघि एआइजी नारायणदत्त पौडेललाई भावी आइजिपीको एक्ला दाबेदारका रुपमा हेरिएकोमा अब उनका प्रतिस्पर्धी थपिने भएका छन् । सरकारले सशस्त्रमा एआइजीको एक दरबन्दी थपेर बढुवाको तयारी गरिरहेको छ । सिनियर डिआइजी बंशी दाहाल एआइजीमा बढुवा हुने लगभग निश्चित […]

(ABC-Sanchar) काठमाडौँ । मासु व्यवसायीहरूले दसैँमा मासुको मूल्य तोक्ने तयारी गरेका छन् । सरकारले मूल्यबारे छलफलमा यो वर्ष पनि नबोलाए पछि खुल्ला बजारमा किसानले तोक्ने मूल्यको आधारमा जिउँदो र तयारी मासुको मूल्य तोक्ने तयारी गरेको नेपाल माछा मासु व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष रमेश खड्काकाअनुसार पछिल्लो तीन वर्षदेखि सरकारले व्यवसायी सङ्घसँग मूल्य तोक्नेबारे […]

ABC (क्राईमबिट) काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु र सय ग्रुपमा आबद्ध युवाले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो । चोलेन्द्रले निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने प्रयास गरेका […]

(ABC-Sanchar) काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ । जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १५० रुपैयाँ थियो । दाह्री काटेको शुल्क १२० देखि २०० […]

error: Content is protected !!