२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

लुम्बिनी प्रदेशका स्वास्थ राज्य मन्त्री बिमला खत्री वलीले राजीनामा दिईन

ABC-SANCHAR बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा […]

ABC-SANCHAR काठमाडौं । बाढीका कारण झापा र मोरङमा करिब ५ सय जना विस्थापित भएका प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले रातोपाटीलाई बताए । झापाको रतुवा खोला आसपासका बस्ती डुबानमा परेका छन् । मोरङको सिंघिया खोला र केसलिया खोलामा आएको बाढीका कारण धेरै मानिस विस्थापित भएका हुन् । मंगलबार मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर […]

ABC-SANCHAR काठमाडौँ । १९ औँ राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि।सं २०६१ मंसिर […]

ABC-SANCHAR काठमाडौँ । पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकखण्ड अवरुद्ध भएको छ । गए रातिदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।

(ABC-SANCHAR) काठमाडौँ । नवलपुर (नवलपरासी पूर्व)को मध्यविन्दु नगरपालिका १० मा पर्ने तीनवटा खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपुरको मध्यविन्दु १० मा रहेको ठुलो खहरे र सानो खहरे र विनयी त्रिवेणीको जमुने खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको वडा नम्बर १औ का अध्यक्ष रणबहादुर थापाले जानकारी दिए । […]

ABC-SANCHAR काठमाडौँ । काठमाडौँ बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ । बिहान ६ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छैन । दमकलको सहायताले आगो निभाउने काम जारी रहेको काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरिले बताए । काठमाडौँ महानगरपालिका र प्रहरीको दमकलसहति ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ।

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सोमबारदेखि सि.सं. २९ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं १ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ । सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच पानसमा द्धिप प्रज्वलन गरी […]

(महेन्द्र सिंह) बर्दिया । राजापुर नगरपालिका सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । नगरपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरिक्षक (एसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ । गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् । एसपी पदमा बढुवा हुनेहरुमा टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ, तुल बहादुर भण्डारी, सुमन थपलिया, जिवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज […]

ABC-SANCHAR काठमाडौं । फुर्वा तामाङलाई अपराधिक विश्वासघात गरेको अभियोगमा पक्राउ परेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । पर्याप्त प्रमाण नभएको भन्दै तामाङलाई भक्तपुर जिल्ला अदालतका न्यायधीश माधवप्रसाद अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । भावनामाथि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात गरेको भन्दै फुर्वाले जाहेरी दिएका थिए । सम्पत्ति […]

error: Content is protected !!