२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

समाचार

आठ लाखसहित एक युवक पक्राउ

ABC( Sanchar)                                             स्रोत नखुलेको करिब रु. आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेका जिल्ला प्रहरी कार्यालयका […]

ABC (Sanchar) गृह मन्त्रालयले चार जिल्लाका सीडीओको सरुवा गरेको छ । मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको हो । गृहमन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ । यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको […]

(  महेन्द्र  सिंह )बाँके । नेपाली काँग्रेसले आफुलाई देशको ठूलो पार्टीका रुपमा स्थापित गर्न देशैभर “ घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियानलाई निरन्तरता दिएको छ । बाँकेका विभिन्न वडा तथा क्षेत्र हरुमा पनि शसक्त तवरले काँग्रेसलाई जिताउन नेताहरु लागीपरेका छन । आउँदो स्थानिय तहको निर्बाचनलाई लक्षित गरि अन्य वडा सँगै नेपाली काँग्रेस  बाँके उपमहानगरपालिका वडा नम्बर […]

ABC (क्राईमबिट) बागलुङ । बडिगाड गाउँपालिका–५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन एक थान र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो

(ABC=SANCHAR) पोखरा । उच्च अदालत पोखराले जबर्जस्ती करणी अभियोगमा अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात मागेको छ । शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो । शाहले दिएको निवेदनको सुनुवाइ […]

ठेकेदारले स्थानीय तहको निर्वाचन लड्न नपाउने भएको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकले ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो । बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरुसमेत सार्वजनिक गरेको छ । जसमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित […]

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ । दुवै सुरक्षा सङ्गठनमा प्रहरी जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव बुधबार गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको […]

  ABC ( Sanchar) प्रहरी प्रधान कार्यालयले सर्लाहीका प्रहरी उपरीक्षकको आकस्मिक सरूवा गरेको छ। प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कार्यक्षेत्रमा खटाएको छ महिनामै प्रधान कार्यालयले काज सरूवा गरेको हो। प्रसाईंलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालयमा सरूवा गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए। प्रसाईंको ठाउँमा अन्वेषण योजना तथा विकास कार्यालयमा कार्यरत् […]

ABC ( Sanchar) । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागे राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो । १२०० शय्याको १० तले अस्पताल भवन बनाउन करिब डेढ अर्ब घोटाला गर्नेगरी स्पेसिसिकेसन बनाएर ठेक्का लगाइएको र […]

ABC( Sanchar  )      स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आउँदो २५ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्वाचन आयोगले तयारी थालेको हो । आयोगका अनुसार यसअघि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियामा बिलम्ब हुँदा आचारसंहिता कार्यान्वयनको […]

error: Content is protected !!