(ABC-SANCHAR) काठमाडौं । पत्रकारिताको न्यूनतम आचारसंहिता पनि पालना नगरी युट्युबमा जथाभाबी सामाग्री प्रसारण गरेको भन्दै प्रेस काउन्सिल र साइबर ब्युरोले खोजी सुरु गरेपछि युट्युबरको भागाभाग भएको छ । पल शाह प्रकरणमा देखिएको युट्युबरको अराजकतामाथि प्रहरीले एक्सन सुरु गरेपछि युट्युबरको भागाभाग भएको हो । मोडल तथा नायक पल शाह पक्राउ परेपछि नाबालिग पीडितको व्यक्तिगत गोपनियता पनि […]
(ABC-SANCHAR) अध्यक्ष भन्छन्- ‘उहाँले चप्पलले हिर्काउनुभयो ।’ उपाध्यक्ष भन्छिन् – ‘मलाई कोठामा थुनेर कुटियो । उहाँले अपशब्द नबोलेको भए चप्पल उठ्दैनथ्यो ।’ वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको छ । उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको […]
(ABC-SANCHAR) काठमाडौं । कानुनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठन्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले आज दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो । विभागले चार जनाविरुद्ध रु चार करोड ४६ लाख ३७ हजार १८४ […]
(ABC-SANCHAR) काठमाडौं । आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो । निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न […]
(ABC-SANCHAR) काठमाण्डौ । संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी निर्यात माथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ । रुस (युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १३८ डलर पुगेको छ । तेलको मूल्य सन् २००८ यताकै उच्च तहमा पुगेको छ । बीबीसीका अनुसार विवरणहरूमा जनाइएअनुसार तेलको मूल्य […]
ABC (क्राईमबिट) काठमाडौँ । अवैध हुन्डी कारोबारमा संलग्न दुई जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका -१३ ताहचल मख्खनमा बिमला इन्टरनेशनल प्रालि नामको संस्था सञ्चालन गरी हुन्डी कारोबार गर्ने बिक्की खड्गी र भारतीय नागरिक अमितकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले राजस्व छली गैरकानुनी रुपमा हुन्डफमार्फत वित्तीय कारबार गर्दै आइरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान […]
ABC (क्राईमबिट) महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको अधिवेशनका लागि राखिएका अस्थायी प्रहरी पोष्टका प्रहरी इन्चार्जले आफ्ना एक प्रहरी जवानलाई कुटपिट गरेका छन् । जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टका इन्चार्ज असई मोतीराम महतोले खाना पकाउने विषयमा सोही प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान जयनारायण पटेललाई निर्घात कुटपिट गरेका हुन् । शनिबार बिहान ९ बजेको समयमा आफूले […]
(ABC-SANCHAR) काठमाडौं । पक्राउ पर्नेमा २१ बर्षीय राहुल थापा छन्। अभिनेत्री थापाले आफ्नो चरित्र हत्या भएको भन्दै उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। थापाले सेलेब नेपाल नामको युट्युब च्यानल सञ्चालन गरेर त्यसमार्फत् पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोप छ। ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा […]
(ABC-SANCHAR) काठमडौं । बलिउडका बादशाह भनेर चिनिने भारतीय सुपरस्टार अमिताभ बच्चनले नेपाली ढाका टोपीमा खिचेको तस्बिर सार्वजनिक गरेका छन्। इन्स्टाग्राममा उनले नेपालीहरुको राष्ट्रिय पोशाक अन्तर्गतको ढाका टोपी लगाएर फोटो सेयर गरेका हुन्। तस्विरमा उनी निकै हर्षित मुद्रामा देखिन्छन्। नेपाली फ्यानको ध्यान खिच्न र माया प्राप्त गर्न उनले ढाका टोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ।
(ABC-SANCHAR) अर्घाखाँची । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतन समेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला […]