२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

रोल्पाको माडीमा झडप काँग्रेसका उम्मेदवार घाइते

(ABC=SANCHAR) रोल्पा । माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच गएराति झडप भएको छ । झडपमा परेर काँग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको काँग्रेस क्षेत्र […]

(ABC=SANCHAR) पर्सा । बिरगंज महानगरपालिका वडा नम्बर ३१ भेडाहा खोलाजन्य पदार्थको अवैध उत्खननको शिकार भएको छ । भेडाहा खोलाजन्य पदार्थ ठेक्का नलागेको अवस्थामा अवैध उत्खननको शिकार भएको हो । गत वर्ष यो खोलाको डेढ करोडमा ठेका लागेको थियो । चालू आवमा ठेक्का लाग्न सकेन तर अवैध उत्खननबाटै यहाँको बालुवा र ढुङ्गा सकिएको छ । वैशाख […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एआइजी पदमा नारायणदत्त पौडेलको सिफारिस भएको छ । सशस्त्रमा एआइजीका दुई पद रिक्त भएपनि एकमा मात्र सिफारिस भएको छ । बढुवा सिफारिस भएसँगै पौडेललाई चार वर्षपछि सशस्त्रको आइजिपी हुने ढोका खुलेको छ । हालका महानिरीक्षक राजु अर्यालको चार वर्ष पदावधि पूरा भएपछि पौडेल नौ महिना आइजिपी हुने […]

ABC (क्राईमबिट) दाङ । कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजायको फैसला भएको छ । दाङ जिल्ला अदालतले गत पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलामतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी १८ वर्षको कैद सजायको फैसला सुनाएको हो । […]

ABC (क्राईमबिट) चितवन । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौलीबाट ठूलो मात्रामा लागूऔषध सहित २ जना पक्राउ परेका छन् । मंगलबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापुर गाँउपालिका वडा नं. ५ बैदली स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको युपी ५६ […]

(ABC=SANCHAR) दाङ । आगलागीबाट करिब ५ लाख बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ । प्रहरीका अनुसार राजपुर गाउँपालिका-१ सुकौली बस्ने केश बहादुर सुनारको घर र गोठमा मंगलबार दिउँसो आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस […]

(ABC=SANCHAR) चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन। नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आउनुभएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन। प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । […]

(ABC=SANCHAR) पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेले बृहत घरदैलो गरेको छ । नेकपा एमालेबाट वडा नम्बर ९ की वडाअध्यक्षकी उम्मेदवार मिनाक्षी गुप्तालाई जिताउनका लागि नेकपा एमाले र लोसपाको गठबन्धनबाट मेयरका उम्मेदवार बिजय कुमार सरावगीले पनि वडाबासीसँग अपिल गरेका छन् । शिक्षित एवम् योग्य महिलालाई वडाअध्यक्षको उम्मेदवार बनाएको हुँदा वडाबासीले सहयोग गरेर […]

(ABC=SANCHAR) पर्सा । बिरगंज महानगरपालिकाका विभिन्न वडाहरुका महिलादेखि विद्यार्थीहरुले पनि रम्भा मिश्रालाई जिताउनुपर्नेमा जोड दिएका छन् । स्वतन्त्रबाट वीरगञ्ज महानगरपालिकाको उपप्रमुख (उपमेयर) मा उम्मेदवारी दिएकी मिश्रालाई जिताउनुपर्ने महिला तथा विद्यार्थीदेखि स्थानीयहरुको भनाई छ । वीरगञ्ज महानगरपालिकाको माइस्थान, रेल्वे रोड, पानी ट्यांकी, मुर्ली बगैचा, भिस्वा लगायतका स्थानमा गएर मिश्राले स्थानीयसँगको भेटघाटलाई तिव्रता दिएकी छिन् । गठबन्धनसँगै […]

ABC (क्राईमबिट) कपिलवस्तु । दुई दिनदेखि फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न […]

error: Content is protected !!