२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

झुम्का कारागारमा झडप

इटहरी । चौकीदारको सरुवा भएपछि झुम्का कारागारमा लफडा भएको छ । सुनसरीको रामधुनीमा रहेको झुम्का कारगारका ‘ए ब्लग’का चौकीदार जोन नाल्बो र ‘बी ब्लग’का चौकीदार खड्गबहादुर राईको सरुवा भएपछि लफडा भएको हो । सरुवा भएपछि को चौकीदार बन्ने भन्ने विषयमा दुई समूहबीच झडप भएपछि २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख […]

१ वैशाख, काठमाडौं ।निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो । ‘फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने […]

ललितपुरमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ स्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।जयबहादुर लोप्चनको ढुंगा र माटोले बनेको दुई तले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको उनले बताए। सो घरमा आगलागी भएको भन्ने खबरपछि […]

रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी साधन फिर्ता गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएसँगै ५ पालिकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्षले सवारी साधन फिर्ता गरेका हुन् ।गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले प्रयोग गर्दै आएको ना १ झ १६७५ र उपमेयर सुभद्रा गुप्ताले प्रयोग गर्दै आएको ना १ झ १६१५ नम्बरको स्कोर्पियो गाडी फिर्ता […]

गोदावरी नगरपालिका–१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।रास्स

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा गोली लागेर एक युवकको मृत्यु भएको छ । गोली लागेर जितपुर सिमरा उपमहानगरपालिका– १६ का २८ वर्षीय सागर सिञ्जालीको मृत्यु भएको हो । गोली गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताए । राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको […]

भारतको आसाम राज्यमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ भने ३५ जना बिरामी परेका छन् । आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार गएको सोमवार ४ जनाको र अस्ति मंगलवार ९ जनाको मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेका ३५ […]

ABC ( Sanchar)  काठमाडौं । नेपाल प्रहरीमा धेरै पछि ज्येष्ठताका आधारमा डिआइजी बढुवा भएको छ । चार रिक्त पदमा ज्येष्ठताक्रमअनुसार अघि रहेका नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र चौधरी र मसाउँद आलम खाँ बढुवामा परेका हुन् । उनीहरुमध्ये चौधरीले आगामी १९ बैशाखमा अवकाश पाउनेछन् भने अन्य तीन जनाको जागिर अवधि ११ महिना छ ।सिनियर […]

ABC (क्राईमबिट) काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस र मन्त्रिपरिषद्को चैत २४ को सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृत दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ […]

रौतहट । रौतहटमा घुससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इशनाथ नगरपालिका वडा- ७ जोकहा-घिउरास्थित श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेशकुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टँगालबाट खटिएको टोलीले उनीहरुलाई तीन लाख घुस रकमसहित पक्राउ गरेको हो । कारार सेवा अवधि […]

error: Content is protected !!