ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक पहिलो पटक स्वदेशमैं बनेको ‘युनिफर्म’ (विभागीय पोषाक) लगाउन पाएका छन्। यस्तो पोशाकका लागि आवश्यक कपडा नेपालमैं उत्पादन हुन थालेको छ। आपूर्तीकर्ताले पर्सा बारा करिडोरमा रेहको क्राउन टेक्सटाइल इण्डस्ट्रिजमा बनेको र कोहिनुर टेक्सटाइल इण्डस्ट्रिजले ‘डाइङ्ग’ (रंगाई) गरेको कपडाको आपुर्ती सुरक्षा निकायलाई थालेका […]
(ABC-Sanchar) दाङ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ । ‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मुल नाराका साथ पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको […]
(ABC-Sanchar) काठमाडौँ । विदेशबाट अवैध रूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लबीपुरका ३४ वर्षीय कमल घिमिरेले विदेशबाट ल्याएको एक किलो १६५ ग्राम […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त नायब महानिरीक्षक (डीआईजी) को बढुवा प्रक्रिया अगाडि बढाएको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रबार सूचना प्रकाशित गरी बढुवा समितिको १३ फागुनको निर्णयअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । सो सूचनामा पाँच दिनभित्र आवश्यक कागजातसहितको मूल्यांकन फारम भरी बढुवा […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बढुवा प्रक्रिया शुरु भएको छ । गृह मन्त्रालय रिक्त रहेको डीआईजी पदमा बढुवा प्रक्रिया शुरु गरेको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेलले डीआईजी बढुवाका लागि शुक्रबार सूचना प्रकाशित गरेका छन् । एआईजी पौडेलले जारी गरेको सूचनामा पाँच दिनभित्र साधारण समूह, साधारण उपसमूह […]
(ABC-Sanchar) काठमाडौं । प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथाखबर डट कमलाई कालोसूचीमा राखिएको छ । काउन्सिलले २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी परेका […]
ABC (क्राईमबिट) विराटनगर । जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहतमा रहेको प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत रहेको प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन् भएको छ । चौकीहरुको हाता भित्र आज भएको कार्यक्रमकाबीच एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण कुमार बिसीले उक्त नवनिर्मित प्रहरी चौकी टुटे […]
(ABC-Sanchar) काठमाडौं । एमसीसीको विषयलाई लिएर नेपाली नेपालीबीचको झगडाले काठमाडौँको बानेश्वर रणभूमि बन्न थालेको छ । तर, एमसीसी के हो भन्ने कुरा धेरैलाई थाहा नभए पनि सबैको मुखमा यो विषय झुन्डिएको छ । हामी नेपालीहरूको दिमागले गलत कुरा छिटो टिप्छ । तर, सत्य कुरा पटक भने पनि टिप्दैन । यही कारणले होला हामीभन्दा अविकसित मुलुकहरू […]
(ABC-Sanchar) काठमाडौं । युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त सुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो सहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरन्डामा ननिस्कन चेतावनी दिएको छ । रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो […]
ABC (क्राईमबिट) विराटनगर । मोरङ लेटाङ नगरपालिका-८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो । गत बुधबार साँझ स्कुलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि […]