ABC (क्राईमबिट) काठमाडौँ । ठमेलको होटेलमा एकजना जर्मन नागरिक मृत भेटिएका छन् । बिहानी होटेलको कोठामा बिहीबार राति जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएको प्रहरीले जनाएको छ । ३ महिनादेखि उक्त होटलमा बस्दै आएका उनी मृत भेटिएका हुन् । उनी पर्यटक भिसामा करिब ३ महिनाअघि नेपाल आएका थिए । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि […]
(सागर थापा) बाँके । नेपालगन्जको पुष्पलाल चोकस्थित सिम्ताली दुल्लु भिजन होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी युवतीको घटनाको बारेमा गहन अनुसन्धान सुरु गरिसकेको र मृत फेला परेकी युवतीको हत्या वा आत्महत्या छिट्टै बाहिर आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले बताउनुभएको छ । उहाँका अनुसार पस्टमार्टमको रिपोर्ट आएपछि हत्या वा आत्महत्या हो […]
बर्दिया । बाँसगढी नगरपालिका–११ तोरैयाकी कल्पना थारुले ओछ्यानमै दुई वर्षे अरबिनसँगै करेट सर्प भेटिन । तर, सुरुमा अरविनको शरिरमा सर्पले टोकेका चिन्हो भेटाईनन् । त्यतिखेर बच्चा पनि सकुशलै नै भएको कल्पनाले सुनाईन् । समय घर्किदै गयो बच्चालाई सकस हुँदै गयो । दिउँसको तीन बजे बच्चा अर्ध चेत भयो । बल्ल अरविनको आमाको आँखाको ढक्कन खुल्यो […]
काठमाडौं । अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले झापाको काँकडभिट्टाबाट एकजना पास्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलगुढी घर भएका क्रिश्चियन धर्मगुरु सन्दीप क्षेत्री छन् । झापा प्रहरीसँगको समन्वयमा क्षेत्रीलाई पक्राउ गरेर काठमाडौं ल्याइएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । रातो पाटीबाट
काठमाडौं । नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो हिजो (बिहीबार) ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । […]
बागलुङ । राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको बागलुङका एसपी कृष्ण पल्ली मगरले रातोपाटीलाई बताए । तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा बन्दुक फेला परेको थियो । बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान […]
इटहरी । उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीविरुद्ध महिलाहरूले आज पनि आन्दोलन चर्काएका छन् । उनीहरूले मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका हुन् । उनीहरूले कार्यालय समयसम्म नगरको गेटमा बसेर मेयर चौधरीविरुद्ध चर्को विरोध गरे । शान्ति सुरक्षा कायम गर्न, महिला हिंसा बन्द गर्न माग गर्दै नाराबाजी गरेका हुन्। विरोधसभामा बोल्दै महिला अधिकारकर्मी योशा […]
ABC (क्राईमबिट) काठमाण्डु । सशस्त्र प्रहरीका डिआईजीहरुको काज सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गरेका हुन । सरुवा हुनेमा डिआईजीहरु राजु अर्याल, मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १ नम्बर प्रदेश, शम्भु सुवेदी ४ नम्बर प्रदेश, दुर्गा भट्टराई ७ नम्बर प्रदेश, गणेश ठाडा […]
ABC (क्राईमबिट) कपिलवस्तु । कृष्णनगर भन्सार कर्मचारीको मिलिमतोमा केराउ तस्करी हुँदै आएको तथ्य खुलेको छ ।मुख्य व्यापारिक कृष्णनगर हुदै भारत जाने क्रममा बुधवार राति ८ ट्रक अवैध केराउ कृष्णनगर प्रहरी र भारतीय एसएसबीले बरामद गरेको छ। बुधवार राति ९।३० बजे बिशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बिपिओ कृष्णनगरको संयुक्त टोलीले ६ […]
ABC (क्राईमबिट) रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रदेश २ का प्रहरी प्रमुख डिआईजी उमेश रञ्जीतकारको नाम जोडेर पैसा उठाएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराईदिने भन्दै डिआईजीको नाममा पैसा उठाउने सर्लाहीकी सुशीला थापा दाहाललाई पक्राउ गरिएको हो । विगत पाँच वर्षदेखि पुलिस स्कुलमा करारमा काम गरिरहेका पर्साका […]