ABC (क्राईमबिट) दाङ । उपमहानगरपालिका-१० नारायणपुर स्थित दुर्गा केसीको घरमा अवैध साल जातको चिरान काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले २७ थान ४५ क्यू.फिट काठ बरामद गरेको हो । साथै आवश्यक कानूनी कारवाहीको लागी डिभिजन वन कार्यालय घोराहीमा पठाइएको दाङ प्रहरीले जनाएको छ ।
ABC (क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अम्बिका गिरी असार महिनामा उत्कृष्ट प्रहरी घोषित भएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो । असई गिरीलाई एक्सरे अपरेसनको जिम्मेवारी तोकिएकोमा आफ्नो जिम्मेवारीलाई ईमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम राखी त्यही जगमा दक्ष प्रहरी जनशक्ति तयार गर्न प्रशिक्षण प्रदान गर्नुपर्ने बताएका छन् । सोही अनुरुप तयार भएका दक्ष प्रहरी जनशक्ति कहिल्यै खराब नहुने विचार उनले व्यक्त गरेका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा […]
(ABC-Sanchar) काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय हरी प्रसाद मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम सिफारिस गरेको हो । मैनाली […]
(ABC-Sanchar) दाङ । तुलसीपुरको टरिगाउँ एयरर्पोटमा युद्धकालमा राखेको पुरानो ग्रिनेट बम फेला परेको छ । एरर्पोटमा बुधबार बिहान पौने १२ बजेको समयमा कर्मचारीहरुले झाँडी सफा गर्ने क्रममा ग्रिनेट बम देखे पछि प्रहरीलाई खवर गरेका थिए । शसस्त्र द्धन्द्धको समयमा विद्रोही पक्ष वा राज्यप्रक्षले बम राखेको हुन सक्ने ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु […]
(ABC-Sanchar) काठमाडौ । पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार सम्बन्धी मुद्धामा उच्च अदालत पाटनबाट पनि सफाई पाएका छन्। मंगलबार न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी फैसला गरेको छ। यसअघि काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो। संघीय संसदमा सभामुख रहेका बेला संसद् सचिवालयमा काम […]
ABC (क्राईमबिट) काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा […]
(ABC-Sanchar) दाङ । देउखुरीको लमहीमा रहेको नविल बैंक तथा माछापुच्छ्रे बैंकद्वारा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई सरसफाइ सामग्री डस्टबीन हस्तान्तरण भएको छ । संस्थाका अध्यक्ष दण्डीराम चौधरी,उपाध्यक्ष लिला शाह,सचिव सनम पौडेल कार्यालयका प्रमुख भगवती प्रसाद चौधरीलाई बैंकका प्रमुख द्वोय सुधीर भण्डारी र मधुसूदन श्रेष्ठले सरसफाइ सामग्री डस्टबीन हस्तान्तरण गर्नु भएको हो । त्यस्तै कार्यक्रममा […]
ABC (क्राईमबिट) बाँके । कोहलपुरको बसपार्क क्षेत्रमा यौन धन्दा बढिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले यौन धन्दाको लागि पुरुषहरु खोज्ने एक जना साहुनी, एक पुरुष, दुई युवती र एक होटल मालिकलाई नियन्त्रणमा लिएको हो । कोहलपुर प्रहरीका अनुसार बसपार्क पछाडी रहेको हरियाली मार्गमा नाम नरहेको एक खाजा पसल सञ्चालन गर्ने साहुनीले पुरुष ग्राहक खोजेर नजिकै […]
(ABC-Sanchar) काठमाडौं । गृह मन्त्रालयको कमाण्डर फेरिएसँगै सरकारले केही सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । गृहमन्त्री बालकृष्ण खाँड आएसँगै गृहको शान्ति सुरक्षा महाशाखा,प्रशासन महाशाखा,आन्तरिक व्यवस्थापन महाशाखा र कारागार व्यवस्थापन विभागका हाकिमहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो । स्रोतका अनुसार गत शुक्रवार नै गृहले प्रवक्ता समेत हेर्ने गरी शान्ति सुरक्षा महाशाखाको प्रमुखमा फणीन्द्रमणि पोखरेललाई मन्त्रालयमा तानिएको छ […]