(ABC Sanchar) दाङ । शुक्रबार बिहानबाट निषेधाज्ञा लागू भएको छ । वैशाख १७ गते विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । […]
(ABC-Sanchar) काठमाडौं । मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ । खुल्लामञ्चको बसपार्क हटाइएसँगै अब खुल्लामञ्च प्रयोग गर्दै आएका छोटो दूरीका बसलाई पिक एन्ड ड्रप प्रणाली लागू गरिने भएको छ भने मध्यम दूरीका बसलाई नयाँ बसपार्क […]
पोखरा । गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता जोगाउनकै लागि मनाङेलाई मन्त्री नियुक्त गरेपछि चौतर्फीरूपमा एमाले र गुरुङको विरोध […]
(ABC-Sanchar) पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री गुरुङ निकट स्रोतका अनुसार नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ राखिएको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् । संसदमा दर्ता […]
(ABC-Sanchar) काठमाडौंँ । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेका पेट्रोलपम्प खुला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज […]
(ABC-Sanchar) सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । उक्त रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली सरकारले जानकारी दिएको छ । त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल […]
(ABC-Sanchar) काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा लकडाउनलाई थप कडाई गर्ने जनाएको छ। आजबाट उपत्यका लगायत कोरोना बढी भएका स्थानमा निषेधाज्ञा लागू भएको छ। तर, लकडाउन फितलो देखिएको भन्दै गुनासो आइरहेका छन्। आज राजधानीका सडकमा गाडीको जामनै देखियो। गृम मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी […]
(ABC-Sanchar) काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र भए पनि बुधबार आठ देशबाट ९०२ जना यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन् । कोभिड १९ समस्या व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दिएको जानकारी अनुसार १० वटा अन्तरार्ष्ट्रिय उडानबाट यात्रुहरु नेपाल भित्रिएका हुन् । नेपाल प्रवेश गर्नेमा कुवेत, कतार, भारत, मस्को,हङकङ, मलेसिया, दुवइ लगायत रहेका छन् । ९०२ […]
(रवि वर्णवाल) वीरगञ्ज । पर्सा प्रहरीले बेवारिसे अवस्थामा रहेको एउटा गाडी बरामद गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बाट नम्बर प्लेट नभएको सुजुकी कम्पनीको कार बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भारतीय कार चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण क्षेत्रहरुमा चलाइरहेको भन्ने सूचना […]
(रवि वर्णवाल) वीरगञ्ज । प्रहरीले कोरोनाभाइरस रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यन्वयनका लागि वीरगञ्जमा कडाइ गरिएको छ । वीरगञ्ज बजारमा बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका ५० भन्दा बडी मोटरसाईकल र सवारीसाधन पनि नियन्त्रणमा लिएर होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी […]