(ABC-Sanchar) बाँके । नेपालगन्ज उच्चअदालत तुल्सीपुर नेपालगन्ज इजलासले कोभिडको विरामीको परीक्षण र उपचार निःशूल्क गर्ने व्यवस्था गर्न आदेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिड– १९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल बमोजिम कोभिड– १९ को परीक्षण तथा उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाउन अदालतले आदेश दिएको हो । अदालतका […]
ABC (क्राईमबिट) मोहत्तरी । घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा […]
ABC (क्राईमबिट) कञ्चनपुर । भन्सार छली अवैध रुपमा भित्र्याईदै गरेका करिब ५ लाख बढीका सामग्रीहरु बरामद गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेड क्वाटर शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट खड्डाककडबाट गएको संयुक्त मोबाईल गस्ती टोलीले अवैध रुपमा भन्सार छली गरेर भित्र्याउदै गरेका ५ लाख २६ हजार ४ सय बराबरका सामानहरु बरामद गरेको […]
(सर्मिला बोगटी) धनगढी । सामान्यतया सरकारी कार्यालयमा सेवाग्राहीको भिड लागेको हुन्छ। तर, शुक्रबार नापी कार्याललय कैलालीमा फरक दृश्य देखियो। नापी कार्यालयमै विवाहका लागि झकीझकाउ गरेको देख्दा धेरै अच्चमित भए। कोरोना संक्रमण फैलिएपछि जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन नापी कार्यालय कैलालीमा एक जोडीको विवाह गरिएको हो। नापी कार्यालयका एक कार्यालय सहयोगीका अनुसार कार्यालयका प्रमुख नापी […]
(ABC-Sanchar) वीरगञ्ज । नारायणी अस्पतालमा उपचाररत ६४ जना कोरोनामुक्त भएर घर फर्केका छन् । अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार ०७७ चैत १५ गतेदेखि अस्पतालमा भर्ना भएका १ सय ४१ जना संक्रमितमध्ये ६४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका हुन् । यस अवधिमा २४ जनाले संक्रमणबाट आफ्नो ज्यान गुमाएको नारायणी अस्पतालका प्रवक्ता डा. सरोज सिंहले जानकारी […]
ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ । हाल प्रदेश प्रहरी प्रमुख रहेका सात र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजीको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य शुरु गरेको स्रोतको भनाइ छ । गृह मन्त्रीस्तरीय निर्णयनुसार गत बर्ष […]
(ABC-Sanchar) काठमाडौं । आन्तरिक उडान ह्वात्तै घट्यो काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ। अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ। निषेधाज्ञाको दोस्रो दिन आज मात्रै ७७ उडान भएका विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार आज कूल ७७ उडान भएका छन्। बुद्ध एयरका ३५, यती एयरलाइन्सका […]
(महेन्द्र प्रताप सिंह) बाँके । विकट नरैनापुर गाउँपालिका १ कटकुईया गाउँमा आगलागी हुँदा करिव एक दर्जन घर जलेर नष्ट भएको छ । शुक्रबार बिहान करिव साढे ११ वजेतिर आगलागी भएको हो । आगलागी कसरी भयो भन्ने यकिन सूचना नभए पनि एक स्थानीयको गोठबाट आगलागी भएको वडाध्यक्ष मोल्हे बेहना शेषले दास्ताबेजलाई जानकारी गराए । उनका […]
(ABC-Sanchar) भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा प्रहरीले थियो । नियन्त्रणमा लिएकामध्ये रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी […]
(महेन्द्र प्रताप सिंह) बाँके । ग्रामीण नाकाबाट हुने अवैध आवागमन रोक्न प्रहरी, प्रशासनले सुरक्षा सक्रियता देखाएको छ। कोरोना महामारी सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत मुख्यनाका जमुनाहमा आवतजावतमा कडाइ गरेपछि ग्रामीण नाकाबाट हुने गरेको आवागमन रोक्न सुरक्षाकर्मीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनले भारतमा कोरोना सङ्क्रमण अनियन्त्रित भएकाले त्यसको जोखिम […]