०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

अख्तियारलाई सर्वोच्च अदालतको आदेश स्टिङ अपरेशन नगर्न

(ABC-Sanchar) काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न आदेश जारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो […]

(रवि कुमार वर्णवाल) वीरगञ्ज । पर्सा प्रहरीले कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएको भन्दै मास्क नलगाउने २ सय ८९ जनालाई प्रहरीले कारवाही गरेको छ । संक्रमितको संख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै पर्सा प्रहरीले बिना मास्क घर बाहिर निस्किेन व्यक्तिलाई दण्डित गर्न शुरु गरेको हो । यसअघि सोमबार ४ सय ४२ जनालाई कारवाही गरेको पर्सा […]

(सागर थापा) दाङ। जिल्ला प्रहरी कार्यालय दाङले लेनदेन मुद्धामा फरार भएकी एक महिलालाई दुई वर्ष पछि पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ । घोराही उपमहानगरपालिका १४ मिलनचोक बस्ने ३१ बर्षिया धनमाया बुढालाई पक्राउ गरिएको हो । बुढा विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले […]

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले एकजनालाई जबरजस्ति करणी गरेकोको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ५ धारपानीका अन्दाजी ४० बर्षका सिताराम चौधरी रहेका छन् । घोराहीको एक होटलमा आफुलाई लगेर इच्छा विपरित बलात्कार गर्न खोजेको भन्दै युवतीले प्रहरीमा उजुरी गरेपछि चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख […]

  (ABC-Sanchar) काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश रहेका छन् ।

(महेन्द्र प्रताप  सिंह) बाँके । बाँके प्रहरीको शरणमा ३३ वर्षको उमेरमा पूर्वी बीरगञ्जबाट मजदुरी गर्न  भारत पुगेका भक्तबहादुर तामाङ नाम बताउने एक पुरुष अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको शरणमा आइपुगेका छन् । आफ्नो घर तथा परिवार पत्ता लगाउन नसकेका उनी प्रहरीको सहयोगमा आफन्त फेला पर्ने आशमा छन् । २०५१ सालमा बीरगञ्जको जितपुरबाट भारतमा मजदुरी गर्न  […]

(ABC-Sanchar) काठमाडौं । कोभिड १९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोनाको कहरपछि आन्तरिक पर्यटकबाट आत्मनिर्भर बन्न लागेको सौराहाका पर्यटकीय होटल दोस्रो लहरको सङ्क्रमणबाट प्रभावित हुन थालेको जानकारी दिए । “कोरोनाले थला परेको पर्यटन व्यवसायमा आन्तरिक पर्यटकले […]

  (ABC-Sanchar) काठमाडौं । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएको छ । धरहरा पुनःनिर्माण कार्य सकिएलगत्तै रङ्ग लगाउने काम भइरहेको छ । धरहराको वैशाख ११ गते ११ः०० बजे उद्घाटनको तयारी गरिएको छ । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका […]

  (सर्मिला बोगटी) धनगढी । उपमहानगरपालिका धनगढीले २०७८ साल बैशाख ५ गते जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेकाले जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले स्थानीयतहलाई अनुरोध गरेको थियो ।सोमबार सामुदायीक , निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ […]

(राकेश श्रेष्ठ) चितवन । जिल्लाका सात पालिकाका ३८ हजार घरपरिवारले भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन् । १५ हजार ६७९ भूमिहीन र २३ हजार १४२ अव्यवस्थित बसोवासीले निवेदन दिएका हुन् । भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भए पश्चात् गत चैत मसान्तसम्ममा पालिकामार्फत फाराम भरेका छन् । आयोगका जिल्ला अध्यक्ष यादवप्रसाद पाठकका अनुसार भरतपुर महानगरपालिकामा […]

error: Content is protected !!