०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

DIG सुवेदीले गरे IGP लाई ब्रिफिङ निर्मलाको हत्यारा पत्ता लागेको दावी

  ABC (क्राईमबिट) काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डिआईजी) उत्तमराज सुवेदीले ब्रिफिङ गरेका छन्। सोमबार डिआईजी सुवेदीले प्रहरी प्रधान कार्यालयमा आईजीपी क्षेत्रीसँग भेट गरेका थिए। लामो समयसम्म निर्मलाको हत्यारा पत्ता लगाउन असफल भएपछि चौतर्फी आलोचना खेप्दै […]

  (तेज वली) दाङ। तुलसीपुर उपमहानगरपालिका १२ मा रहेको टरिगाउँ एयरपोर्टमा ईन्धन डिपोको कार्यालय निर्माणको प्रक्रिया अघि बढेको छ । बार्षिक जग्गा लिज नविकरण गर्ने सहमतिमा नेपाल आयल निगमले बार्षिक एक लाख ६९ हजार ३१५ रूपैयाँमा जग्गा भाडामा लिएर इन्धन डिपो निर्माण गर्न थालिएको हो । विमानस्थलको ५ कठ्ठा जग्गा निगमलाई उपलब्ध गराईएको हो । […]

(सागर थापा) दाङ । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते बुधबार हुने भए पछी प्रेस युनियन र प्रेस सेन्टरको समर्थनमा सेन्टरबाट नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा नयाँ युगबोध राष्ट्रिय दैनिकको सम्पादक एवं समरेखा दैमासिक पत्रिकाको सम्पादक लक्ष्मी आचार्यले उम्मेद्वारी दर्ता गराउनु भएको छ । मिलेर उम्मेद्वारी घोषणा गरेकी आचार्य सुरुमा नै अध्यक्षको उम्मेद्वारी दर्ता […]

(सर्मिला बोगटी) धनगढी । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले आज चोरीका सात वटा मोटरसाइल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइल रु सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् । नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइल बरामद गरिएको उहाँले बताउनुभयो । चोरीको मोटरसाइल चढ्ने […]

(ABC Sanchar) काठमाडौँ : जुसमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने सिन्धुपाल्चोक, चौताराका अर्जुनबहादुर केसी पक्राउ परेका छन् । ३८ वर्षीय केसी सोमबार काठमाडौँ सुन्धारबाट पक्राउ परेका हुन् । उनले विगत दुई वर्षदेखी काठमाडौँ, ललितपुर र भक्तपुरको विभिन्न ठाँउमा मानिसहरूलाई जुसमा नशालु पदार्थ मिसाएर अचेत पारेर धनमाल लुटपाट गर्ने गरेको महानगरीय प्रहरी परीसरका प्रहरी उपरीक्षक रमेशकुमार […]

(सागर थापा) नवलपरासी । प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा, नवलपरासीमा प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम छैटौं समुहको समापन कार्यक्रको नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समापन भएको । उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिषम परिस्थितिमा पनि सहजताका साथ कार्य सम्पादन गर्न गराउन यस प्रकारको शारीरिक परिश्रमको तालिम […]

(ABC SANCHAR) काठमाडौं । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो। केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक […]

(ABC SANCHAR) काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहर आएको छ। भारतमा दैनिक १ लाखको हाराहारीमा कोरोनाका संक्रमित फेला परिरहेका छन्। भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि नेपालमा पनि सर्तकता अपनाउन थालिएको छ। संक्रमण बढ्दै काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी)को सोमवार उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्ने निर्णय गरेको छ। आजको […]

  (ABC Sanchar) काठमाडौं । नेपाली सेनाले नेपाल-चीन सीमानाकाका सीमा स्तम्भहरुको मर्मतसम्भार गरेको छ । तारादल गणले दाेलखामा रहेको नेपाल-चीन सीमाको अपरेशन हिमाल दर्शन क्षेत्रमा रहेका सीमा स्तम्भहरुको मर्मतसम्भार गरेको हो । चैत २ गतेदेखि २१ गतेसम्म सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नंम्बरहरुमा रंग लगाउने कार्य गरेको नेपाली सेनाले […]

(महेन्द्र सिंह) बर्दिया । गैँडा गणनामा संलग्न माउतेलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई आइतवार राती नै ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको छ । आइतवार साँझ बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको गैँडा मचान नजिकै गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई राती नै नियन्त्रणमा लिइएको जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले दिनुभयो । […]

error: Content is protected !!