०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

तुल्सीपुर मालपोत मुद्दा फाँटको सेवा मंसिर १९ गते सम्मको लागि बन्द

(तेज वली) दाङ । तुलसीपुर मालपोत कार्यालयमा केही दिन अघि एक नायब सुव्वा र कार्यालय सहयोगीलाई अख्तियारले घुससहित पक्राउ गरेपछि कर्मचारीको अभाब देखाउँदै मालपोत कार्यालय तुलसीपुरले सेवा बन्द गरेको जनाएको छ । कार्यालय प्रमुख नरेश खड्काले एक सूचना जारी गरि मंसीर १९ गतेसम्म कार्यालयको मुद्दा फाटको सम्पूर्ण सेवा बन्द भएको जानकारी गराएका हुन् । कर्मचारी […]

(ABC Sanchar) काठमाडौं । चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ । लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई ढाँटेर गलत तरिकाले उपचार गर्दै आएको औषधि व्यवस्था विभागको अनुगमन टोलीले फेला पारेको छ । विभागको विराटनगर टोलीले गरेको अनुगमनका […]

ABC (क्राईमबिट) काठमाडौ । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाकालागी सिफारिस भएका छन। सोमबार साँझ गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाकालागी सिफारिस गरेको हो। एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ। डिआइजी पोखरेल हाल […]

(सागर थापा/महेन्द्र सिंह) बाँके। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले ट्राफिक ब्यवस्थापनको लागि जनचेतना मूलक कार्यक्रम सडकमै घुम्ती प्रशिक्षण गरिने बताएका छन । प्रहरी निरीक्षक खड्काले पार्किङको समस्या समाधानका लागि नेपालगन्ज उपमहानगरपालिकासंग समन्वय गरेर सडकको एक साइडमा वन वे पार्किङको ब्यबस्था मिलाउने तयारी रहेको बताए । नेपालगन्जमा छाडा पशु चौपाया […]

(महेन्द्र सिंह) बाँके। वडा प्रहरी कार्यालय नेपालगन्जले हराएको चार लाख पाँच दिन पछि भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । बैजनाथ गाउँपालिका वडा नं. ३ की राधिका बिकले मंसिर ८ गते बानियाभार जाने क्रममा झोला सहित उक्त रकम हराएकी थिइन । रकम हराएको विषयमा उनले वडा प्रहरी कार्यालय नेपालगन्जमा निवेदन दिएकी थिइन । निवेदन प्राप्त भएपछि […]

(सागर थापा) बाँके। नेपाल-भारत सिमानाका बाँके जिल्लाको नेपालगञ्ज जमुनाह नाका रुपेइडिहा हुँदै छिमेकी देश भारत आवतजावत गर्ने यात्रुहरूको घुइँचो । झण्डै ६/७ महिनासम्म जारी लकडाउन र त्यसको असरका कारण यसरी मानिसहरु अावतजावत गर्नबाट बञ्चित भएका थिए । केही महिना यता लकडाउन केही खुकुलो भएको छ । तथापि राेजगारी लगायत अन्य कामकाजले नेपाल र भारत अाउने […]

(राजन थारू) कंचनपुर । नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। गत शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेर १५ बजेसम्म नेपाली सेनाको सैन्य दर्जाका लागि […]

(महेन्द्र सिंह) बाँके । काठ तस्करी गर्ने गिरोहले तस्करी गरेको काठलाई वन कार्यालयले बरामद गरेको छ। मिनी बसमा ५६ क्युफिट सालको काठ तस्करी गर्दै गरेको अवस्थामा बरामद गरिएको हो। डिभिजन वन कार्यालय रौतहटले सोमबार बिहान चन्द्रपुर १ नुनथर क्षेत्रबाट वन गस्ती टोलिले बा १ ख ६४४२ नम्बरको मिनी बसमा राखेर छिमेकी जिल्ला सर्लाही लैजाने क्रममा […]

(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग कुराकानी’ अभियान शुरू गरेको छ । मंसिर १४ देखि ३० गतेसम्म ट्राफिक प्रहरीले यो अभियान चलाउनेछ । प्रदेशका पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पूर्वका ग्रामिण क्षेत्रमा सवारी दुर्घटना भइरहेकाले न्यूनिकरण गर्न अभियान थाल्न लागेको प्रहरीले जानकारी दिएको […]

ABC (क्राईमबिट) तुलसीपुर। यात्रुहरुलाई जवरजस्ती तानेर गाडीमा बसाल्न खोज्ने १३ जना चालक र सहचालकलाई तुलसीपुरमा पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार नियन्त्रणमा लिइएका चालक र सहचालकलाई थुनामा राखी सम्झाई बुझाई गरी छोडिने डिएसपी सिंहले जानकारी दिनुभएको […]

error: Content is protected !!