(ABC क्राईमबिट) महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ३ बोर्डर स्थित बि.ओ.पि .बाट खटिएको आई.डि. न.६१६२ का सशस्त्र प्रहरी सहायक निरीक्षक प्रमोद झाको कमान्डमा ५ जनाको बोर्डर चेकप्वाईट डिउटी टोलिले भारतबाट झोलामा राखी नेपाल तर्फ आउदै गरेको दुई जनालाई सन्कालागि चेकजाँच गर्दा उनिहरुसङ्ग लागु औषध नाईट्रोभेट १५०० पिस बरामद भएको थियो । पक्राउ पर्नेमा जिल्ला दोलखा टुलोपात […]
महेन्द्र सिंह बाँके सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट लुकाईछिपाई ल्याइरहेको अवस्थामा ३२१ जोर अवैध जुत्ता र ४ वटा […]
भावना हमाल दैलेखको नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा […]
ABC क्राईमबिट कैलाली गौरीगंगा नगरपालिका-६ स्थित कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय भक्त बहादुर शाही, ३६ वर्षीय रंग साउँद, ४२ वर्षीय राम बहादुर साउँद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीर बहादुर साउँद रहेका छन् । गोप्य सूचनाको आधारमा […]
राकेश श्रेष्ठ चितवन दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार अहिले भएका दाउराले तीन दिनलाई भन्दा पुग्दैन । उहाँले भन्नुभयो “रुखका जरा, छरिएरका टुक्राहरु सङ्कलन गर्दा […]
ABC Sanchar काठमाडौं दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए । आज दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र […]
ABC Sanchar सिन्धुपाल्चोक नेपाल-चीनबीचकाे तातोपानी नाका आजबाट पुनः खुल्ने भएकाे छ । विगत लामाे समय (काेराेना भाइरस महामारी सुरू भएयता) बन्द रहेको उक्त नाका गएकाे असाेजमा २ दिन मात्र खुलेर पुनः बन्द भएकाे थियाे । यसअघि सामान लोड-अनलोड गर्ने तीन जना कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि खुलेकाे २ दिनमै उक्त नाका असोज २१ देखि पुनः […]
महेन्द्र सिंह बर्दिया गुलरिया नगरपालिका-१ खैरापुरस्थित सडक किनारमा वेवारिसे अबस्थामा रहेको मेड इन इटाली लेखिएको एक थान पेस्तोल मंगलबार प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी खैरापुर (ख) बर्दियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
महेन्द्र सिंह गुलरीया बर्दियाको मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका वडानम्बर ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा बाख्रा चराउन गएका दिनेश थारु लामो समयम्म वनबाट नफर्किएपछि रमेश चौधरी खोजीका […]
ABC Sanchar काठमाडौं संघीय राजधानी उपत्यकामा विद्युतीय बस सेवा सञ्चालन गरिरहेको सुन्दर यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने भएको छ । ‘उपयुक्त वातावरण’ भएमा तिहार पछि उपत्यकाका सडकमा सुन्दर यातायातका विद्युतीय ट्याक्सी गुड्नेछन् । सुन्दर यातायात प्रालिले अहिले विद्युतीय ट्याक्सी सञ्चालनका लागि सरकारबाट अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेको जनाएको छ । सरकारले जति […]