०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

सवारी पास वितरणमा बन्द एक जिल्लाबाट अर्को जिल्लामा रोक

सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले बाहिर जिल्ला आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृहमन्त्रालयको परिपत्र अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभएको छ । काठमाण्डौं तथा अन्य बाहिरी जिल्लाहरुमा अत्यावश्यक कामकाजमा जानकालागि सहजिकरण गर्न वितरण हुँदै आएको सवारी पास नेपाल सरकार […]

सागर थापा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३ का दुई दर्जन बढी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न । अखिल नेपाल युबक संघ घोराही उपमहानगर समितिले एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ पार्टीमा प्रवेश गराएको हो । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले विभिन्न समयमा युबाहरुलाइ भेट गरि मोटिभेसन गरि राष्ट्रिय जनमोर्चामा प्रबेश गर्ने बताबरण निर्माण […]

महेन्द्र सिंह बाँके जिल्ला प्रशासन कार्यालय बाँकेले बाह्य जिल्ला आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए । ‘काठमाण्डौं तथा अन्य बाहिरी जिल्लाहरुमा अत्यावश्यक कामकाजमा जानकालागि सहजिकरण गर्न वितरण हुँदै आएको सवारी पास नेपाल सरकार […]

महेन्द्र सिंह बाँकेमा सशस्त्र प्रहरीले भारतबाट ल्याउंँदै गरिएको ठूलो परिमाणको सुर्तीजन्य सामग्रीसहित ३ वटा मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बलको नरैनापुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक खडक बहादुर थापाको कमाण्डको टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ३ को रतैया भन्ने स्थानबाट गएराति १ बजे ५ सय ४१ पोका सुपरपावर सुर्तीसहित तस्करीमा प्रयोग भएका तीन वटा भारतीय […]

मनोज डागी सल्यान लगातारको वर्षाले सल्यानको दार्मा गाउँपालिकामा करोडौँको क्षति पुर्याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिराको उच्च जोखिममा छन् । वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके कामी र विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिराले […]

तेज वली दाङ तुलसीपुर अमिलीया सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बिहिबार बिहान साढे ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका १३, अम्राई खोला स्थित नेपालगञ्जबाट लास तुलसीपुर तर्फ ल्याउदै गरेको रा १ च ३४८ नम्बरको एम्बुलेन्स अनियन्त्रीत भैइ पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडमर पालले बताए । पालका अनुसार एम्बुलेन्स चालक दंगिशरण […]

एबिसी संचार सल्यानमा जर्बरजस्ती करणी गरेको आ’रोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई प’क्राउ गरेको छ । आफ्नो होटलमा काम लगाई दिन्छु भनी ललाई फकाई १५ वर्षीया बालिकालाइ बला’त्कार गरेको आरोपमा शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय हाेटल संचालक हिमराज बुढाथोकीलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आर्थिक अवस्था कमजोर भएकी ती बालिकालाइ […]

एबिसी संचार काठमाडौं कोरोना संक्रमण फैलँदै गएपछि बिहीबारदेखि सवारी पास वितरण बन्द गर्ने गृह मन्त्रालयको निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए । गत साेमबार बसेकाे मन्त्रिपरिषद् […]

अजय मिश्र, कृष्णनगर, साउन २८ शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान पौने ५ बजे सो रकम […]

तेज वली दाङ तुलसीपुरकाे बिजाैरी स्थित रहेकाे नयाँ पाइला पुर्नस्थापना केन्द्रमा संसददेखि प्रहरी सम्मले प्रशिक्षण दिएका थिए । पुर्न स्थापना केन्द्रमा रहेका ३९ जना उपचारार्थीहरुको मनोबल बढाउन, समाजमा पुन रुपान्तरित हुन, घर परिवारसंग घुलमिल हुन र सामाजिक रुपमा नेतृत्व क्षमता बढाउन प्रशिक्षण दिइएको नयाँ पाइला पुर्न स्थापना केन्द्रका निर्देशक सुरेश भुसालले जानकारी दिए । सांसद […]

error: Content is protected !!