१४ मंसिर २०८३, सोमबार
30-11-2026 , Mon
×

समाचार

लकडाउनको मौका छोपी चिनीको मूल्य बढ्यो प्रति किलो ९५ रुपैया

(ABC-Sanchar) काठमाडौं । लकडाउनको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा […]

(ABC-Sanchar) काठमाडौं । ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा पाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए […]

(ABC-Sanchar) काठमाडौं । अब नेपालका आठ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला […]

(रवि वर्णवाल) वीरगञ्ज । नेपाल आयल निगमको प्रादेशिक कार्यालय अमलेख गञ्जबाट अब हप्ताको ३ दिनमात्र सेवा प्रवाह हुने भएको छ । कोरोना भाइरसको संक्रमणकालिन अवस्थामा पनि पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक वस्तुको अविछिन्न आयात तथा वितरण गर्दै आएको कार्यालयले अब हप्ताको आइतवार, बुधवार र शुक्रवार मात्र कार्यालय सञ्चालन गर्ने एक सूचना जारी गरी जानकारी गराएको छ […]

(ABC-Sanchar) बर्दिया । भारतीय सीमा नजिकै रहेको आफनै खेतबारीमा काम गरि रहेको अवस्थामा भारतको जंगलबाट आएको चितुवाको आक्रमणमा परि २ जना सर्वसाधरण किसान घाईते भएका छन् । वैशाख २६ गते बिहान ७ः ३ बजेको समयमा खेतवारीमा काम गर्दा बर्दियाको गुलरिया न.पा.१० कालाबन्जार बस्ने बर्ष ५० को ईद्रिसी बेहेनालाई चितुवाले एक्कासी आक्रमण गरेको थियो । आक्रमणमा […]

(ABC-Sanchar) सल्यान । कोरोना भाइरस संक्रमणले संक्रमितसँगै मृत्युदर पनि बढ्दै गएपछि सल्यानमा शव व्यवस्थापनमा ठूलो चुनौति बनेको छ । जिल्लामा एउटा पनि शव वाहन नभएका कारण सक्रमणबाट मृत्यु भएका मानिसको लास बोक्ने साधन अभाव भएको त छनै जेनतेन टिम्परमा हालेर लगिएको शव गाड्ने र जलाउने कार्यमा समेत अवरोध हुन थालेपछि समस्या जटिल बनेको छ । […]

(ABC-Sanchar) बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले निषेधाज्ञा उल्लघंन दाङ प्रहरीले ४३६ जना ब्यक्ती र २ सय ४६ सवारीसाधन कार्वाही होल्डिङ गरेको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ३६५ पुरुष र ७१ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी […]

(ABC-Sanchar) काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेपछि झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । समूहका स्थायी कमिटी सदस्यहरूको शनिवार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकाल्दै २४ अल्टिमेटम दिएका छन् । २०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताउँदै आएको नेपाल समूहका […]

(ABC-Sanchar) काठमाडौं । निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन् । अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय […]

error: Content is protected !!