(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ब्राउन सुगरसहित नाकाबाट एकजना पक्राउ गरेको छ । जमनाह प्रहरी प्रमुख विष्णु गिरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका १९ बस्ने प्रेम कोरीलाई नौ सय मिलि ग्राम ब्राउन सुगर सहित प्रक्राउ गरिएको हो । भारतबाट नेपाल आउँदै गरेका उनको गतिबिधि देखिएपछि चेकजाँच गरिएको थियो । प्रहरी जवान रविन सुनारले […]
(सागर थापा) कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले नयाँ प्रमुख पाए संगै धमाधम अपराधकर्ममा लाग्नेहरुको संजाल भत्काउन सुरु गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी भएर रविन्द्र खनाल आएपछी एक पछी अर्को सफलता गर्दै २४ घन्टा नबित्दै पछिल्लो केही दिनमै रेड पान्डाको छाला, भालुको पित्त, कस्तुरीको बिना, गैँडाको खागको बेचबिखन तथा संगठित अपराधमा […]
(महेन्द्र सिंह) बाँके । बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको उत्तरतर्फको पहाड र जंगल मात्र भएको चुरे क्षेत्रमा पुगेको निकुञ्जले जनाएको छ । धेरै मानिसलाई मारिसकेको सो बाघ बाँके निकुञ्जको खैरीस्थित ‘टाइगर होल्डिङ सेन्टर’ को खोरबाट भागेर मानव बस्तीतर्फ जाने त्रास देखिए पनि उक्त बाघ उत्तरतर्फ चुरे क्षेत्रमा गएकोले मानवलाई कुनै पनि जोखिम […]
ABC Sanchar पर्सा । जिल्ला प्रशासनले वीरगञ्जमा मंगलबार रातिदेखि लागू हुने गरी २५ जनाभन्दा बढी मानिसको जमघट गर्न रोक लगाएको छ । भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साको आज बैठक बसी […]
(तेज वली) तुल्सीपुर । दाङका कारागारहरुमा सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । मंगलबार तुलसीपुर कारागारमा विभिन्न अपराधमा जेल जीवन बिताइरहेका महिला तथा किशोरीहरुलाई सकारात्मक सोच सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाण्डौको आयोजनामा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको […]
(सर्मिला बोगटी) कैलाली । लम्कीमा बसको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत लम्कीचुहा नगरपालिका १ लम्की बजारमा मङ्गलबार बिहान बाटो काट्ने क्रममा बसले ठक्कर दिदा सोही ठेगाना भएकी २३ बर्षीया पैदलयात्री कमला देवकोटाकोे मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिब ७ बजे पश्चिम धनगढीबाट टीकापुरतर्फ जादै गरेको ना ७ […]
ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर उच्च गतिमा बढ्दै गएपछि सीमा नाकामा सुरक्षा सतर्कतामा कडाइ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै सीमा नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाउन मातहतका संयन्त्रलाई निर्देशन गरिएको जानकारी दिए । मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज सात वर्षअघि बुहारीलाई जलाएको आरोपमा नरैनापुरका हनिफ शेष (ढपाली) पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान फरिद शेष ढपाली र सासु सजहाद खाँले रिहानालाई मट्टितेल छर्केर आगो लगाएका थिए । २०७० चैत्र २ गतेको यो घटनामा प्रत्यक्ष संलग्न श्रीमान फरिद र सासु सजहाद अझै फरार रहेका […]
(महेन्द्र सिंह) बाँके । बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डीङ सेन्टरमा राखीएको थियो । बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले जगलभित्र नजान स्थानियलाई आग्रह गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ […]