११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

काठमाडौं उपत्यकाका थप २ स्थानमा ट्राफिक लाइट सञ्चालनमा

ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा र माछापुच्छ्रे बैंक लिमिटेड बीचको सहकार्यमा लैनचौर र ऐकेडेमी मोडमा ट्राफिक लाइट जडान गरी सोमबारदेखि सञ्चालनमा आएको छ । नयाँ जडान गरिएको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र माछापुच्छ्रे बैंक लिमिटेडका सिइओ सन्तोष कोईरालाले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् । एसएसपी भट्टराईले […]

ABC (क्राईमबिट) काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को लेखा परीक्षणको बेरुजु फर्छ्योटमा उत्कृष्ट स्थान प्राप्त गरे बापत् सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पुरस्कृत भएका छन् । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच आइतबार गृहमन्त्री रामबहादुर थापा (बादल) ले उनीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् । आगामी दिनमा समेत निर्दिष्ट लक्ष्यअनुसार […]

ABC (क्राईमबिट) बुटवल । १९ वर्षकी किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा रूपन्देहीको तिलोत्तमामा प्रहरी जवान पक्राउ परेका छन् । किशोरीमाथि बलात्कार पछि हत्या प्रयासको आरोपमा नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरियालाई पक्राउ गरिएको हो । उनीमाथि तिलोत्तमा–११ की १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी झोलाको डोरीले घाँटी कसेर मार्ने प्रयास गरेको […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग सहायक सुचक पदको लिखित परिक्षाको नतिजा आज प्रकाशित भएको छ । २०७७/१०/१० गते लोकसेवा आयोगले लिएको राष्ट्रिय अनुसन्धान विभागको वि.नं. १/०७६-७७ (खुला तथा समावेशी), विशेष सेवा, सहायक सूचक पदकाे लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो ।

(महेन्द्र सिंह) बाँके । नेपाली महिलालाई भारत लगेर ५० हजार भारुतीय रुपैयाँ (भारु)मा बिक्री गर्ने १ जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्की छन् । प्रहरीका अनुसार कार्कीले ६ वर्ष अगाडि (२०७१ साल असार २८ गते) नेपाली महिलालाई भारत लगेर बेचबिखन गरेका थिए […]

तेज वली तुलसीपुर । दाङ घोराही सिमेन्ट ईण्डस्ट्रिज प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्ट उद्योगलाई वातावरणमा प्रतिकूल असर पार्ने कार्यहरुलाई नियन्त्रण गर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश गरेको छ । धुलो धुवाँको प्रदुषणका कारणले वातावरण, स्वास्थ्य, प्रजनन र खाद्य अधिकारमा असर पारेको भनि परेको रिटमा सुनुवाई गर्दै सोमबार उद्योगलाई यस्तो आदेश गरेको हो । उच्च अदालत तुलसीपुरका […]

(महेन्द्र सिंह) बाँके । जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र बाँके सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले उक्त सामाग्री हस्तान्तरण गरेको हो । विपद् उद्दारका वेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख […]

ABC Sanchar काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को खास मान्छे भनेर चिनिएका बिरु तामाङ ‘सुविद्’ र सुदिप ढुंगाना पुष्पकमल दाहाल प्रचण्डतिरै फर्किएका छन् । ढुंगाना पहिले वाईसीएलमा सचिव थिए भने वाईसीएल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघको एकीकरणपछि बनेको युवा संघको केन्द्रीय सदस्य भए । यसअघि तामाङ बादलको स्वकीय सचिव थिए । नेकपाको विवादमा बादलले […]

  ABC (क्राईमबिट) काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एव व्यबस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवक परिचालन गर्दै आएको छ । उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटनामा परि अनाहकमा ज्यान गुमाउनुको साथै ठुलो संख्यामा अंगभङ्ग हुने गरेको तथ्याङ्कबाट स्पष्ट देखिन्छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि […]

ABC Sanchar पोखरा । नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) हुँ भन्दै हिँड्ने १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर छन् । प्रहरीले उनलाई पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ गरेको हो । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको […]

error: Content is protected !!