सागर थापा दाङ घोराहीमा रहेको सिर्जना फार्मेसीका संचालक एवंम स्वास्थकर्मी सुर्य मणी न्यौपानेले खबर 24 नेपाल र एबिसी संचार ५. नम्बर प्रदेश ब्युरो टिमलाई स्वास्थ सामाग्रीहरु सहयोग गर्नु भएको छ । खबर 24 नेपाल र एबिसी संचारमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको पत्रकार सागर थापाले जानकारी दिनुभएको छ । सिर्जना फार्मेसी घोराही दाङले स्वास्थ्य […]
सागर थापा दाङ बंगलाचुली गाउँपालिकाले घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई संचालनमा रोक लगाएको छ । कोरोना भाईरसले संसारलाई अस्त ब्यस्त पारिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका पनि त्यसको मारमा परिरहेको अवस्थामा टिप्परहरु संचालन भएपछि थप संक्रमण बढ्न सक्ने भन्दै टिप्पर संचालनमा रोक लगाएको हो । लकडाउनका कारण चुनढुङ्गा ढुवानी नगरेको घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिका […]
सागर थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तरमापन महासाखा प्रमुख डाक्टर बिकास देबकोटा संग कोरोनाको बर्तमान स्टेज र नागरिकको दैनिक जीवन विषयक अन्तरसम्बाद कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा डाक्टर बिकास देबकोटाले कोरोना भाइरस बाट जोगिने भनेकै भ्याक्सिन बाट हो । त्यो बेगर अहिले हामी यसबाट मुक्त हुन सक्दैनौ । त्यसैले हामी संक्रमणबाट जोगिनको लगी उच्च […]
नन्दु यादव पश्चिम नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिका कि उपमेयर तथा न्यायिक समितिकि सयाेजक रम्भा कुवरले मैले सामाजिक र महिलाहरुकाे हकअधिकार काे लडाई गर्दै अहिले सम्म नेतृत्व गर्दै अाएकाे बताउनु भएकाे छ।हकअधिकार काे लडाईमा मैले कैले पनि पछि नहटने बताउनु भयाे ।महिलाहरुकाे हरेक समस्यालाइ समाधान गरि अाफुले महिला दिदिबहिनिहरुकाेे अधिकार सुनिश्चित गर्ने सधै तयार रहेकाे बताउनु […]
सागर थापा दाङको राप्ती गाउँपालिका लालमिटया क्षेत्रमा रहेको वर्षामापन केन्द्रमा चेतावनीको घण्टी बजेको छ । साइरन बजाएर नदी तटीय र जोखिममा रहेका बासिन्दालाई सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालीन एवंम दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताउनुभयो । जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा छन सबै जनतालाई सचेत ठाँउमा बस्न […]
एबिसी क्राईम ब्युरो बाँकेको राप्तीसोनारीमा नदिजन्य सामाग्री तस्करी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ढुङ्गा,गिटी ,बालुवा लगायत अन्य नदिजन्री सामाग्री तस्करी गर्ने भनिएका मनोज केसी रहेका छन्। लामो समयदेखि केसीले राप्ती नदिमा जेसेबी,टिपर प्रयोग गरेर नदिजन्य सामाग्री तस्करीमा सामेल हुँदै आएको उनलाई आरोप छ। उनलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर […]
एबिसी संचार काठमाडौं अहिलेको यस महामारीको समयमा पनि बलात्कारजस्तो जघन्य अपराध गर्ने तीन जनालाई सात दिन थुनामा राखिने भएको छ । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको प्रहरीले […]
सागर थापा/महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखको रुपमा एसपी ओमबहादुर राना शुक्रबार आउनु भएको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा स्वागत गरिएको छ । त्यसै गरि प्रहरी प्रमुख एसपी वीर बहादुर वलिको पनि बिदाइ गरिएको छ । वलिले एक बर्ष लामो कार्यकाल बिताएर प्रहरी तालिम केन्द्र नवलपरासी सरुवा हुनुभएको ईलाका प्रहरी […]
महेन्द्र सिंह बाँके शुक्रबार बर्दियाका थप ७ जनामा कोरोना संक्रमण देखिएका छन । भेरी अस्पताल नेपालगन्जको रिपोर्ट अनुसार बर्दियाका तिन पालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा बर्दियाको गेरुवा नगरपालिकाका ३५ वर्षिय पुरुष, बढैयाताल गाँउपालिकाका २१ र २२ वर्षिय पुरुष तथा गुलरीया ४ का २२ र ३५ वर्षिय पुरुष, ५ का […]
एबिसी संचार काठमाडौं गृहमन्त्रालयले जारी गरेको राति १० बजेदेखि ५ बजेसम्म हिँडडुलमा रोक सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । असार १ गतेदेखि बन्दाबन्दीको […]