३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

तुल्सीपुर प्रहरीले लागुऔषधसंग जोडिएका व्यक्तिहरुको डाटा संकलन गर्दै

एबिसी संचार दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरले घटनाको मुख्य पात्रका रुपमा ब्राउनसुगर, गाँजा, टयाबलेट, चरेस, हुक्का तान्ने तथा मादकपदार्थ सेवन गर्ने व्यक्तिहरु नै भएकाले पहिलो चरणमा त्यस्ता व्यक्तिहरुको लगत संकलन गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव सिंहले जानकारी दिए । ईलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्याङ्क अनुसार सबै भन्दा बढी लागुऔषध दुव्र्यसनी बेलुवामा […]

सागर थापा दाङ जिल्लामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि दाङमा यसबाट बच्नका लागि थप साबधानि अपनाइने भएको छ । यही क्रममा भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ पाँच बजेपछि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको वैठकले केही समयका लागि साँझ पाँच बजेपछि बजार बन्द गर्ने […]

एबिसी संचार काठमाडौं प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छ । उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ । त्यस्तै, कास्कीमा प्रहरी […]

एबिसी संचार दाङ घोराही उपमहानगरपालिका भित्रका बिभिन्न वडामा स्वास्थ्यकर्मी संक्रमित भएपछि उनीहरुले काम गर्ने स्वास्थ्य कार्यालय र उनीहरु आउआउ गरेका वडा कार्यालयमा सिल गरिएको छ । जसअनुसार घोराही ३ को कार्यालय सिल गरिएको छ, जहाँ संक्रमित स्वास्थ्यकर्मी बस्ने गरेका थिए । त्यस्तै वडा नम्बर ४ मा रहेको स्वास्थ्यचौकी पनि सिल गरिएको छ, जहाँ दुइ स्वास्थ्यकर्मी […]

बिदुर एमसी दाङ देउखुरी सिसहनियाँ प्रहरी चौकीमा नयाँ बन्न लागेको भवनको मंगलबार शिलान्यास गरिएको छ । राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा रहेको प्रहरी चाैकीमा नयाँ बन्न लागेको भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले गर्नु भएको छ । भाैतिक पुर्वधार निर्देशानालय शाखाबाट यस वर्ष प्राप्त भएको भ्याट सहित १९ लाख रकमबाट […]

सागर थापा दाङ भोलीदेखी घोराहीका सुनचाँदीका पसल अनिश्चितकालका लागि बन्द हुने भएका छन् । कोरोना भाइरस संक्रमणको प्रकोप घोराही क्षेत्रमा अत्यधिक रुपमा फैलिन थालेपछि बुधवारदेखि लागु हुने गरी घोराहीका सम्पुर्ण सुनचाँदी पसल अर्को निर्णय नहुदा सम्म बन्द हुने नेपाल सुनचाँदी व्यवसायी संघ घोराही समितिले जनाएको छ । समितिका अध्यक्ष विनोद कुमार विश्वकर्मा र महासचिव मान […]

एबिसी संचार काठमाडौं सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ । त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ । उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ । महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको […]

महेन्द्र सिंह बाँके जिल्लामा कोरोनाबाट निको भएर घर जाने क्रम सुरु हुँदै गएको छ । केही समय अघिसम्म जिल्लाका १०८ वटा क्वारेन्टाइन, १३ वटा आइसोलेसन अस्पताल र सेन्टर भरिभराउ रहेकोमा अहिले आएर अधिकांश क्वारेन्टाइन खाली भैसकेका छन् भने आइसोलेसन पनि रित्तिँदै गएका छन् । भारतबाट आउनेहरूको ठूलो सङ्ख्याका कारण करिब १० हजार जनालाई जिल्लाका १०८ […]

एबिसी संचार दाङमा एक जोडीले वडाध्यक्षको उपस्थितिमा आइतबार क्वरेन्टीनमै अन्तरजातीय विवाह गरेका छन् । वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा घोराही उपमहानगरपालिका –१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीको विवाह सम्पन्न भएको थियो । भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले […]

एबिसी संचार दाङको नाका क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट सताइएपछि दाङका नाका क्षेत्रका नाकाबासीहरु नाकाको समग्र विकासमा सरकारलाई दबाव दिन पुस्तौ देखिको भूमि नाका क्षेत्र छोडे । आन्दोलन स्वरुप उनिहरु २०६६ जेठ १३ देखि लमही नगरपालिका वडा नं. ७ को करी सामुदायिक वन र राष्ट्रियमा वनमा बसे । त्यतीबेला नाका क्षेत्रका जनता जुरुक्क उठेका थिए नाका शुनसान […]

error: Content is protected !!