कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ। नेपाल सरकारले जारी गरेको क्वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। भारतका सीमावर्ती सहरमा बसेका नेपाली एकै कोठामा खाँदाखाँद बसेका छन्। उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा […]
दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते (मार्च १७) नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सङ्क्रमित तीनैजना महिला सोही विमानबाट दोहाबाट काठमाडौँ आएको कुरा यसअघि नै पुष्टि भइसकेकाले र त्यसमा […]
सरकारले कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गर्ने भएको छ । कोरोनाका छैटौं संक्रमित फेला परेसँगै सरकारले लकडाउनको अवधि बढाउने भएको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोश्रोपटक गरिएको लकडाउन २५ चैतमा सकिँदैछ । […]
(बिदुर एमसी) दाङ्गमा अागलागी हुँदा ३ घर खरानी भएका छन् । दाङ्गको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब पौने ४ बजे आगलागी हुँदा ३ घर,२ गोठ, एक पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छन् । स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्त बहादुुर सुुनारको गोठ, कृष्ण बहादुुर सुुनारको पसल र […]
(सागर थापा) दाङ प्रहरीले लकडाउनको अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउनको नवौँ दिनमा २७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधवार मात्रै मात्रै दाङमा […]
(सागर थापा) कोरोना भाईरसबाट बच्न हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस वडा प्रहरी कार्यालय घोराहीले सन्देश मूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ । सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी राखेको छ ।प्रत्येक सडकचोक बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा सचेतना फैलाउन थालिएको छ । […]
(बिदुर एमसी) दाङ भालुवाङ्ग पुल्चोकस्थित प्युठान राेड निवासी शाेब बहादुर बिष्टले अाफ्नाे घर भाडामा बसेका पसलहरुलाई घरभाडा नलिने घाेषणा गरेका छन् । काेभिड 19, काेराेना भाइरसबाट विश्व आक्रान्त भएको बेला नेपाल सरकारले आफ्ना नागरिकहरुलाई सम्पूर्ण व्यापार व्यवशाय, उद्योग धन्दा , कल कारखाना बन्द गरेर घर भित्र बस्न आव्हान गरेपछि यतिखेर देश लक डाउन छ । […]
कृष्णनगर,कपिलवस्तु चैत्र २० विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस लाई रोक्नको लागि सबै भन्दा पहिला समाजमा जनचेतना फैलाउनु पर्ने र भाइरस बाट आफू बचौ र अर्का लाई बचाउन निम्त जनतालाई सचेत गराउनमा कृष्णनगरमा रहेको राष्ट्रीय मदरसा संघ नेपालले निरन्तरताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आइ रहेको छ। त्यसै क्रममा बुद्धवार का दिन राष्ट्रिय मदरसा संघ […]
(सागर थापा) जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले देशमा विपद्को बेला मानवीय सेवामा संलग्न स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्न दबाब दिए जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनु भएको छ । दाङ सिडियो रिजालले एक विज्ञप्ति जारी गर्दै केही घरधनीले कोरोनाको कारण देखाउदै स्वास्थ्यकर्मीलाई घर छोड्न दबाब दिएको गुनासो आएको र कोठा छोड्न दबाब दिए […]
(सागर थापा) बर्दियामा स्यानिटाइजर कालो बजारी गरेको अभियोगमा बासगढी नगरपालिका-५ बासगढी बजारस्थित बुद्ध मेडिकल हलका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय वुद्धि चौधरीलाई मंगलबार बर्दिया प्रहरीले पक्राउ गरेको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारण उत्पन्न बिषम परिस्थितिमा मेडिकल सामाग्री स्यानिटाइजर हालको बजार दररेट भन्दा बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको पाइएपछि […]