३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

लकडाउनको मौका छोपी चोरीका घटना बढे २० जना पक्राउ

एबिसी संचार बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो । […]

एबिसी संचार जनकपुरधाम ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्याउँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो। लकडाउनमा जनकपुरबाट बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चालकले खानाको त कुरै छाडौं, पानी समेत किनेर खान नपाएको चालक […]

एबिसी संचार काठमाडौं सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । मापदण्डमा हवाई सेवा […]

एबिसी संचार सुर्खेत कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिए । कोरोना रोग निको […]

एबिसी संचार दैलेख पर्यटकिय क्षेत्रको प्रचार प्रशार दैलेख समृद्दिको मुल आधार भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै,दैलेख सदरमुकामबाट दैनिक रूपमा प्रकाशनमा आएको पञ्चकोशी खबर दैनिक पत्रिकाले आफ्ना ७ जना सहकर्मि साथिहरूको कोरोना बिमा गरेको छ । महामारिको रूपमा फैलिएको कोभिड १९ को कारणले बिश्वजगतनै त्रसित भईरहेको सन्दर्भमा मिडिया क्षेत्रमा काम गर्ने आम मानिसहरू फन्ट लाईनमै बसेर […]

एबिसी संचार काठमाडौँ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन निर्देशन दिएको छ। यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन निर्देशिका जारी गरेको छ। सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले […]

एबिसी संचार पोखरा गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वी नवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै […]

एबिसी संचार जाजरकोट नलगाड नगरपालिका-१० काडास्थित अन्दाजी १ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा उक्त खेती नष्ट गरेको हो ।

एबिसी संचार काठमाडौं लकडाउनमा मृत्यु भएपछि लामो समयदेखि विदेशमै रोकिएका शवहरु नेपाल ल्याउन थालिएको छ। विदेशमै रोकिएका नेपालीहरु आउँन थालिएपछि शवहरु समेत नेपाल ल्याउन थालिएको हो। शुक्रबार दवईमा रहेका एक नेपालीको शव ल्याइएको छ। इलाम घर भएका २९ वर्षीय राजु पन्चकोटीको शव आएको हो। एक वर्ष पहिले रोजगारीका लागि यूएई गएका उनले वैशाख ९ गते […]

एबिसी संचार काठमाडौं नेपाल प्रहरीको ७३ जना सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको छ। शुक्रबार सबेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। तोकिएको मापदण्डका आधारमा उनीहरूलाई सिफारिस गरिएको समितले जनाएको छ।

error: Content is protected !!