सरकारले शारीरिक दूरीमा बस्न नसकिने भन्दै नेपाल होस्टल एशाेसिएसनले होस्टल बन्द गर्ने निर्णय गरेको छ। एशाेसिएसनले विज्ञप्ति जारी गर्दै ९ गतेबाट चैत मसान्तसम्म सबै होस्टल बन्द गर्न आह्वान गरेको थियो। उपत्यकाका करीब ९० प्रतिशत होस्टल बन्द भएको एशाेसिएसनका अध्यक्ष भक्ति पाठक बताउँछन्। पाठक भन्छन्, “होस्टलमा कोठा सेयर गरेर बस्नुपर्ने भएकाले संक्रमण फैलने जोखिम हुन्छ। त्यसैले […]
दाङमा कोरोना रोकथामका लागि सरकारले आब्हान गरेको देशभर जनता कर्फ्युको आज दोस्रो दिनमा पनि नागरिकले समर्थन गरेका छन् । दाङमा पहिलो दिनको तुलनामा आज दोस्रो दिनमा जनता कर्फ्युको प्रभाव परेको छ । बुधबार बिहानैदेखि दाङमा अत्यवश्यक सवारी साधनबाहेक अरु सवारी साधन संचालनमा आएका छैनन् । नागरिकहरु पनि घरबाहिर निस्केका छैनन् । सुरक्षा निकाय पत्रकार एम्बुलेन्स […]
काठमाडौँ कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिएका छन् । […]
लन्डनमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएकी एक नेपाली महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोभिड–१९ पोजिटिभ देखिएपछि लन्डनको अस्पतालमा भर्ना भएकी भगवती रानाभाट अस्पतालबाट डिस्चार्ज भएकी हुन् । करिब १० दिन अगाडि लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा भर्ना भएकी थिइन । उनले कोरोनाको संक्रमण निको नहुने भन्दै चिन्ता व्यक्त गरेकी थिइन् […]
कृष्णनगर, चैत्र १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा पर्ने कृष्णनगर बजार खटिएका सुरक्षा निकाए लगायत अन्यमा मास्क र पन्जा वितरण गरिएको छ । नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान को अगुवाई मा उक्त मास्क र पन्जा वितरण गरिएको छ । विश्वमा महामारी का रूपमा रहेको कोरोना भाइरस को संवेदनशीलता लाई मध्य नजर गरि उक्त […]
(सागर थापा) जिल्ला प्रहरी कार्यालय दाङले जनता कर्फ्युकाे दोस्रो दिन सडकमा आउने पैदल यात्रीलाई पनि पक्राउ गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको जनता कर्फ्युको उल्लंघन गरि सडकमा आउने नागरिकलाई प्रकाउ गर्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जनता कर्फ्युको पहिलो दिन मंगलबार जिल्लाका […]
काठमाडौँ आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयले नेपाल प्रहरीलाई विभेद गरेको छ। उक्त बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि सतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो। तर कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीलाई भने प्रोत्साहन स्वरुप केहि पनि व्यवस्था सरकारले गरेको छैन्। ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय […]
कपिलवस्तु, चैत्र ११ विश्व मा महामारीको रूपमा रहेको कोरोना भाइरस बाट बच्न स्थानिय तहका प्रमुख लाई नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र ले सुझाव दिएका छन्। स्थानिय तहका प्रमुखहरु संग बिनम्र अनुरोध 1- बिदेश बाट आएका ब्यक्तिहरु लाई 15 दिन खाने बस्ने ब्यवस्था मिलाइ मेडिकल टिमको निगरानीमा क्वारेनटाइन मा राखौ लक्ष्ण देखा परे औषधीको […]
(बिदुर एमसी) भालुवाङ चैत ११ इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगा सारूमगरले नेपाल सरकारले जारी गरेको नेपाल लकडाउनको उल्लघन गरेर जथाभावी हिडडुल गरे पक्राउ गर्ने बताएका छन् । उनले अतिअावश्यक काममा हिडेका,विरामीहरूलाई छुट भएपनि जथाभावी हिडडुल गरेर सरकारको निर्देशन बमोजिम पक्राउ गरि कडा कारवाही गरिने बताएका छन् । कोरोना भाइरसबाट बच्न र बचाउन सरकारले […]
काठमाडौं प्रेस काउन्सिल नेपालले देशभरिका १७ वटा अनलाइन, टिभी र पत्रिकासँग स्पष्टीकरण सोधेको छ । त्यस्तै, विभिन्न ७ वटा अनलाइनहरुलाई देशभरिबाट हेर्न नमिल्ने गरी ‘लक’ गरिएको छ । जनस्वास्थ्यसम्बन्धी भ्रामक, उत्तेजक शीर्षक राखी अपुस्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन, टिभी र पत्रिकासँग काउन्सिलले स्पष्टीकरण सोधेको हो । पत्रकार आचारसंहिताविपरीतका ती सामग्री हटाउन लगाउनुका साथै […]