महेन्द्र सिंह नेपालगञ्ज भारतको क्वारेन्टाइनमा रहेको नेपालीलाई ल्याउन थालिएको छ । भारतको बहराइच, नानपारा आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपालगञ्जमा ल्याउन थालिएको हो । भारतमा रहेका नेपालीलाई यता ल्याउदा बाँकेका क्वारेन्टाइनमा रहेका डेढ सय बढी भारतीयलाई पठाउने तयारी भएको छ । भारतबाट पाँच सय हाराहारीमा आउने आकलन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले […]
ओमप्रकाश गुप्ता सिसहनियाँ १ जेठ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले सिसहनियाँमा तरकारी बिक्री गर्ने स्थललाई व्यवस्थित गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड१९) को उच्च जोखिममा दाङ पनि रहेकाले जथाभावी तरकारी बिक्री गर्दा कोरोना सर्न सक्ने भन्दै बिहीबार देखि चेम्बरले सामाजिक दुरी कायम गराउन रेखाङकन गरेको चेम्बरका सचिव गोपाल खत्रीले जानकारी दिएका छन् […]
एबिसी संचार दाङ तुलसीपुर बुधबार राति दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित अस्वारा ओरालामो एउटा ‘प्रेस’ लेखेको रातो कार दुर्घटना भयो। दु’र्घटना पछि चालक सहित सबै यात्रु फ’रार रहे। सडकको लिक छोडेर केही पर पुगेको कारको अगाडि प्रेस लेखेर टाँसिएको थियो। घटनास्थल पुगेको प्रहरीले चिनजानका तुलसीपुर क्षेत्रका पत्रकारलाई धमाधम फोन गरेर सोधिखोजी थाल्यो। पत्रकारले […]
नेपाल भारत सिमा क्षेत्रबाट लुकीछिपी नागरिकहरु आवतजावत गरिरहेको खबर आइरहँदा दाङको नाका क्षेत्रबाट लकडाउनको समयमा कोही पनि नेपाल नभित्रिएको पाइएको छ । खुला सिमाना र जंगली क्षेत्र भएका कारण रातिको समयमा भारतबाट लुकिछिपी नेपाल भित्रिएको आशंका भइरहेको बेला सीमा क्षेत्रमा रहेका सुरक्षा निकायले दाङको नाका क्षेत्र पूर्णरुपले सुरक्षित रहेको बताएका हुन् । दाङका साना ठूला […]
काठमाडौँ नेपालमा कोरोनाको उपचारमा खटिएकी नर्समा पनि (कोभिड–१९) संक्रमण भएको खुलेको छ। वीरगञ्जस्थित कोरोना भाइरसको उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको हो। बुधबार साँझ पर्साका तीन जना संक्रमित भेटिएका मध्ये एक जना नर्स हुन्। अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत ३६ वर्षीया महिला ती नर्स पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिइन्। यसअघि कपिलवस्तु र भक्तपुरमा […]
बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताउनुभयो । काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् । विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार […]
धादिङ गजुरी गाउँपालिका-५ दरिङ्गल खोलाको पुलबाट अवैध लागूऔषध १०० किलो चरेससहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका-८ बिरहखर्क बस्ने ३७ वर्षीय टेक बहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने ३७ वर्षीय बिशाल तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.९७ […]
कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए । बैठकले […]
सागर थापा दाङ घोराही १० गलौरा चोकमा रा.५ प ३६८८ नम्बरको मोटरसाइकल र ना.३ च ५९४५ नम्बरको जिप एक-आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही-१५ बस्ने ३० वर्षीय सनुत राहुमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते […]
विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मी र सङ्क्रमित मानिसहरूले मात्रै मास्क प्रयोग गर्नुपर्ने बताए पनि धेरै देशले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेका छन्। यद्यपि केही विज्ञहरूले मास्कले कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावकारी सुरक्षा प्रदान नगर्ने पनि बताइरहेका छन्। बजारमा पाइने विभिन्न प्रकारका मास्कहरू कुनले कति सुरक्षा प्रदान गर्छन् त ?